काठमाडौँ – रामेछापको सुनापति गाउँपालिका बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जनाको र चार जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
घाइते यात्रीहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। घाइतेहरुको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पु-याइएको छ। दुर्घटनामा परेको बस ५० मिटरको गहिराईमा खसेको छ। हेर्नुहोस सुनौलोपानाले गरेको स्थलगत भिडियो रिपोर्ट :