तनहुँ– तनहुँबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबारघिरिङ गाउँपालिका–५ मोचाबारी निवासी ४० वर्षीय मानबहादुर थापा भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । उनी घिरिङस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीमार्फत समातिएका हुन् ।
निजको साथबाट १०० ग्राम बारुद, छर्रा २५ थान र एकनाले भरुवा बन्दुक बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए। तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए। रासस













