२०७९ भाद्र ५ रामेछाप- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) तेस्रो जिल्ला बैठक शनिबार मन्थलीमा सम्पन्न भएको छ। पार्टीका जिल्ला अध्यक्ष रमेश बस्नेतको अध्यक्षतामा बैठक सन्चालन भएको थियो भने पार्टीका केन्द्रिय उप-महासचीव प्रकाश ज्वाला प्रमुख अथिथिको रुपमा उपस्थित भएका थिए। बैठकमा पोलिट ब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज देबशंकर पौडेल, अर्का पोलिट ब्युरो सदस्य होम बुढाथोकी तथा केन्द्रीय सदस्य शान्ता सापकोटाको उपस्थित थियो।
बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको ब्यापक छलफल तथा समिक्षा भएको थियो । स्थानीय निर्वाचनमा गठबन्धनका दलहरुले इमान्दारिता नदेखाएको तथा गठबन्धनको भावना विपरीत आफ्नो स्वार्थको लागि मात्र केन्द्रित भएको निष्कर्ष निकालेको छ।
त्यस्तै आसान्न मङ्सिर ४ गते हुने निर्वाचनमा रामेछापबाट संघको टिकटको लागि देबशकर पौडेल, होम बुढाथोकी तथा शान्ता सापकोटाको नाम केन्द्रलाई सिफारिस गरेको जानकारी पार्टी सचीव लाल सिंह घिसिङले दिएका छन।