२०७९ साउन ३१ रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा न. २ गाल्पामा रहेको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. मा २ दिन बिशेष ओपिडी सेवा संचालन भईरहेको छ।
उक्त २ दिने ओपिडी सेवा संचालनकोलागी गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि का संचालक मनोज खड्काले काठमाण्डौबाट अनुभवी डाक्टर लागेको सुनौलोपानालाई जानकारी गराए।महिला बिरामीहरुकोलागी महिला डाक्टर नै उपलब्ध गराईएको संचालक खड्काले बताए।
उक्त २ दिने ओपिडी सेवा साउन ३१ गते र भाद्र १ गते संचालन हुने छ।
गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. को थप सेवा हरु निम्न रहेको छ।













