२०७९ भाद्र ०६ भक्तपुर-जिल्ला प्रहरी परिसर भक्तपुरले लागू औषध मुद्दाका फरार प्रतिबादी एक महिलालाई पक्राउ गरेको छ।
काभ्रेपलान्चोक जिल्ला रोशी गा.पा. वडा नं. ४ स्थायी वतन भई हाल भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बस्ने बर्ष ३९ की निर्मला श्रेष्ठ बिरुद्ध लागू औषध (गाँजा) मुद्दामा सम्मानित जिल्ला अदालत भक्तपुरबाट मिति २०७९/०१/०४ गते १ बर्ष १ महिना कैद र रु. ६,०००/- (अक्षरेपी छ हजार रुपैया) जरिवाना फैसला भएकोमा निज प्रतिवादी हालसम्म फरार रहेकोले मिति २०७९/०४/३० गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी उक्त फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा ठेकिएको कैद र जरिवाना भुक्तानको लागि सम्मानित अदालतबाट कैदी पुर्जी जारी गरी श्री कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौमा पठाईएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी गराएको छ।








