Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

सुनकोशी ३ जलाशय जलबिद्युत आयोजनाको स्थलगत अवलोकन गर्न रामेछाप पुग्यो नेपाल-बांग्लादेश उर्जा टोली

कुलमान घिसिङ सहित रामेछाप पुग्यो नेपाल-बांग्लादेश उर्जा टोली

सुनाैलाे पाना  सुनाैलाे पाना
भदौ ८, २०७९
in FEATURE, मुख्य समाचार
0
सुनकोशी ३ जलाशय जलबिद्युत आयोजनाको स्थलगत अवलोकन गर्न रामेछाप पुग्यो नेपाल-बांग्लादेश उर्जा टोली
419
SHARES
Share on FacebookShare on Twitter

२०७९ भद्र ०७ रामेछाप- मंगलबार रामेछापको लुबुमा सुनकोशी ३ जलाशय जलबिद्युत आयोजना स्थल अवलोकन कार्यक्रममा सम्पन्न भएको छ।सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको सभाध्यक्षतामा प्रमुख प्रसासकिय अधिकृत कमल राज श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघीय सांसद श्याम कुमार श्रेष्ठको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा संघीय सांसद गंगाबहादुर तामाङ,संविधान सभा सदस्य डिल्लीमान तामाङ, बंगलादेश सरकारका उर्जा सचिव महोम्मद रहेबू रहमान,नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो सदस्य युवराज चौलागाईं, नेपाली कांग्रेस रामेछापका नेता रामचन्द्र खड्का,नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,नेपाल-बांग्लादेश उर्जा टोली,सुनापति गाउँपालिकाकि उपाध्यक्ष गीता बिष्ट चौलागाईं, वडा अध्यक्षहरु लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा उपस्थित प्रमुख अतिथि,अतिथि लगायत सम्पूर्णलाई स्वागत गर्दै सुनापति गाउँपालिकाकि उपाध्यक्ष गीता बिष्ट चौलागाईंले आफ्नो क्षेत्रमा यस्ता परियोजनाको विकास हुन लागेकोमा आफु खुशी रहेको बताउदै परियोजना सफल बनाउन स्थानीय सरकार र आफ्नो तर्फबाट गर्नु पर्ने जस्तो सुकै सहयोगकोलागि आफु तयार रहेको बताईन । साथै बंगलादेश सरकारलाई धन्यवाद दिदै चाडैनै यो परियोजनालाई अगाडी बढाउनु पर्ने र उक्त क्षेत्रको विकास र जनताको जीवनस्तरमा परिवर्तन आउने कार्यमा यस्ता परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने समेत बताईन।कार्यक्रममा उपस्थित प्रमुख अतिथि श्याम कुमार श्रेष्ठले धेरै कुरा गर्ने भन्दा पनि काम गर्नेमा बढी महत्व दिनुपर्नेमा जोड दिए। उनले भने केहि वर्ष अगाडी सम्म पनि घन्टौ लोडसेडिङको मारलाई खेपेको र यस्तै समस्या बंगलादेश पनि रहेको र नेपाल-बंगलादेशको सम्बन्ध ईतिहास देखिकै प्रगाढ सम्बन्ध रहेकोले पनि यस्ता राष्ट्रिय गौरबको आयोजनामा बंगलादेश सरकारले रुचि राख्नु असाध्यै राम्रो कुरा रहेको बताए । नेपाल-बंगलादेशको उर्जा संकटलाई समाधान गर्ने उद्देश्य राखेर यो परियोजनालाई सम्पन्न गर्न लागि पर्नुपर्ने बताए। नेपालले मात्रै नभई बंगलादेशले पनि यसलाई गौरबको आयोजनाको रुपमा हेरिएको र कुनै पनि ढिला सुस्ती नगरी समयमै यो आयोजना सम्पन्न गर्नु पर्नेमा पनि जोड दिए। रामेछाप र काभ्रेको सिमानामा पर्ने यो आयोजना सम्पन्न गर्नको निम्ति रामेछाप र काभ्रेको जनताले साथ दिने र स्थानिय स्तरदेखि लिएर आफुले निभाउनु पर्ने भूमिका पूर्ण रुपले निभाउन आफु तत्पर रहेको बिश्वास दिलाए।उर्जाको खपतसँगै नेपालको व्यापार घाटालाई न्युनिकरम गर्नकोलागि यो आयोजनाले नेपाल सरकारलाई मद्दतगर्ने र समयमै यो आयोजना सम्पन्न गर्न अग्रसर हुनुपर्नेमा जोड दिए साथै जनताको उज्ज्वल भविष्यका निम्ति यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए।कार्यक्रममा बिशेष अतिथिको रुपमा उपस्थित बंगलादेश सरकारका उर्जा सचिव महोम्मद रहेबू रहमानले सुनकोशी ३ जलाशय जलबिद्युत आयोजनामा सहकार्य गर्न पाउदा आफु र बंगलादेश सरकार हर्षित रहेको बताए। यो आयोजना सम्पन्न गर्नकोनिम्ति नेपाल सरकारले सहयोग गर्नेमा आफु बिश्वस्त रहेको बताए। साथै नेपाल-बंगलादेश सरकारको सम्बन्ध थप सुमधुर बनाउनकोनिम्ति यो परियोजनाले महत्वपूर्ण भूमिका निभाउने बताए। सुनकोशी ३ मात्रै नभई ठोसेको खिम्ती शिवालय आयोजना समपन्न गर्नकोलागि आफुहरु सहकार्य गर्न तयार रहेको र त्यसको छलफलमा लागिपरेको बताए।नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बंगलादेश सरकारले सहकार्य गर्न लागेको सुनकोशी ३ जलाशय जलबिद्युत आयोजनाको स्थलगत अवलोकन गर्न उपस्थित भएकोमा नेपाल-बांग्लादेश उर्जा टोलीलाई धन्यवाद दिदै चाडै नै यो परिजोजनाको कार्य सुरु गर्नु पर्ने बताए।यो आयोजनाको साथै नेपाल-बंगलादेशले गर्ने अन्य कार्यहरुको बिषयमा पनि छलफल गरिने बताए । साथै सुनकोशी ३ मात्रै नभई सुनकोशी २ परियोजना पनि सम्पन्न गर्नु पर्नेमा जोड दिए।

उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधु प्रसाद भेटुवालले सम्बृद नेपाल निर्माणकोलागि सबै हातेमालो गरेर यस्ता परियोजना सम्पन्न गर्नुपर्ने बताए। राज्यले १० बर्षमा १५००० मेघावाट जलबिध्युत आयोजनाको विकास गर्ने लक्ष्य लिएको र बिस्तारै नेपाल बिद्युत क्षेत्रमा आत्मनिर्भर हुदै गएकोमा जोड दिए। १९८५ मा जाईकाले नेपालको जलाबिध्युतको सम्भावनाको अध्ययन गरेको र सुनकोशी ३ पनि महत्वपूर्ण योजनामा परेको र हाल बिद्युत विकास बिभागले यो परियोजनाको सम्भाव्यताको अध्ययन सकिसकेको र वातावरणीय अध्ययन प्रतिबेदन स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी गराए र यो आयोजना सम्पन्न गर्नकोलागी बंगलादेश सरकारको टोलिसँग थप छलफल गरि चाडैनै कसरि परियोजनाको कार्य अगाडी बढाउने भनि निष्कर्ष निकाल्ने बताए।कार्यक्रममा बिशेष अतिथिको रुपमा उपस्थित नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य युवराज चौलागाईंले सुनकोशी ३ जलाशय जलबिद्युत आयोजना निर्माण स्थलको जनताकोलागी दिर्घकालिन विकासकोलागि महत्वपूर्ण कोशे ढुंगा हुने र यो आयोजना सफलता कुनै व्यक्ति,राजनीतिक पार्टी,कुनै समुदायको नभई उक्त क्षेत्रको जनसमुदायको विकासकोनिम्ति हुनेमा जोड दिए।साथै परियोजना सम्पन्न गर्न आफु र आफ्नो पार्टीको तर्फबाट गर्नुपर्ने सबै खालको सहयोग रहेने बताए।यति मात्र नभई नेपाल नयाँ युगमा प्रवेश गर्दै छ भन्ने कुराको संकेत रहेको र केहि समय अगाडीसम्ममा पनि टुकी मुनिको अध्यारो रहेको उक्त क्षेत्र बिस्तारै बिकसित हुदै गरेको यस्ता परियोजनाले विकासमा फड्को मार्नेमा जोड दिए।यस्ता जलाशययुक्त आयोजनाहरुले देश जनताको स्तर उन्नति हुने भएकोले जनताले खुलेर साथ दिनुपर्ने बताए। बंगलादेश पनि नेपाल जस्तै विकाशील अवस्थामा रहेको र धेरै कार्यहरुमा नेपालसँग हातेमालो गर्दै अगाडी बढेको र यो परियोजना सफल पार्नको निम्ति पनि यो सहकार्यले महत्वपूर्ण भूमिका निभाउनेमा आफु बिश्वस्त रहेको र चाडै नै यो परियोजना सम्पन्न गर्न कार्य सुरु गर्नु पर्नेमा जोड दिए।कार्यक्रममा बिशेष अतिथिको रुपमा उपस्थित नेपाली कांग्रेस रामेछापका नेता रामचन्द्र खड्काले धेरै बर्ष अगाडी जाईकाले नेपालको जलाबिध्युतको सम्भावनाको अध्ययन गरेको ७ वटा परियोजना भित्र पर्ने सुनाकोशी ३ परियोजना पनि रहेको स्मरण गराए साथै कुलमान घिसिङ्गको अग्रसरतामा आफुहरु पनि संलग्न भएको साथै उक्त परियोजनाकोलागि पुर्व गृह सचिव जनार्दन नेपालको अध्यक्षतामा सरोकार समिति समेत गठन गरेको स्मरण गराए। त्यस समयताकानै सम्भावनाको रुपमा रहेको यो परियोजनाले अहिले सार्थ रुप लिन लागेको र यस्तो परियोजना सम्पन्न पार्न सके नेपाल-बंगलादेशको सम्बन्ध दरिलो हुने र जनताको जीवनस्तरमा समेत परिवर्तन आउने बताए। परियोजना कुनै पनि व्यक्ति,पार्टीको नभई समग्र देश र जनताको हितमा हुने भएकोले यस्ता परियोजना सम्पन्न गर्न चाडो भन्दा चाडो लागि पार्नुपर्नेमा जोड दिए।कार्यक्रमका सभाध्यक्ष गरेका सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले सुनकोशी ३ जलाशय जलबिद्युत आयोजना कार्यलाई अगाडी बढाउनकोलागि स्थलगत अवलोकन गर्न आउनुहुने बंगलादेश सरकारका उर्जाटोलि उपस्थित जनप्रतिनिधि लगायत सम्पुर्णलाई धन्यवाद दिदै यस्ता परियोजना सम्पन्न गर्न सकेमा रामेछाप र काभ्रेको मुहार फेरिनुको साथै जनताको जीवनस्तरमा परिवर्तन आउनेमा समेत जोड दिए। परियोजना सम्पन्न गर्नकोलागि स्थानीय सरकार र आफुले गर्नुपर्ने साथ सहयोगकोलागी आफु हरदम तयार रहेको बताए।कार्यक्रममा उपस्थित प्रमुख अतिथि,अतिथिहरुलाई स्थानीयहरुले नेपाली पन्चे बाजा, लामा नाँच ,झाँक्री नाँच,माझि समुदायको नाँच लगायत विभिन्न संकृतिबाट भव्य स्वागत गरिएको थियो। कार्यक्रम सकिएपछि उपस्थित नेपाल-बांग्लादेश उर्जा टोली सहित जनप्रतिनिधिहरुले सुनकोशी ३ को स्थलगत अवलोकन समेत गरेका थिए।

Previous Post

लागू औषध मुद्दाका फरार प्रतिबादी पक्राउ

Next Post

नेपाल उमा कुङफु सघं दोलखाको प्रथम भेला सम्पन्न: अध्यक्षमा पेरिस गिरी

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

जनताले परिवर्तन चाहेपछि संसारको कुनै शक्तिले रोक्न सक्दैन: रवि लामिछाने

चैत्र ५, २०८२
Next Post
नेपाल उमा कुङफु सघं दोलखाको प्रथम भेला सम्पन्न: अध्यक्षमा पेरिस गिरी

नेपाल उमा कुङफु सघं दोलखाको प्रथम भेला सम्पन्न: अध्यक्षमा पेरिस गिरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist