२ असोज २०७९ काठमाण्डौ- नाबालिका बलात्कारको आरोप लागेका संदिप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी ल्याउने तयारी गरेको छ ।
सन्दीपलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको र ‘इन्टरपोलमार्फत सदस्य राष्ट्रहरूलाई जानकारी गराएर सन्दीपको खोजी गर्ने र नेपाल ल्याउने प्रकृया अगाडि बढाइएको नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले बताए।
१३ दिनअघि एक १७ वर्षीय किशोरीले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन।त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले त्यसको केही दिनपछि मुद्दाको सामना गर्न नेपाल फर्किन लागेको बताएपनि उनी अझै ने[नेपाल आइपुगेका छैनन।