६ शुक्रबार २०७९- रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ। सुनापति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे रूपमा कार्यरत कलम राज श्रेष्ठ, स्वास्थ्य संयोजक अर्जुन श्रेष्ठ ईन्द्रावति गाउँपालिकामा सरुवा भएका छन भने हाल सुनापति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बिष्णु प्रसाद सुबेदी,सी.अ. हे.ब मा चिनी माया बल र प्रदेश लोक सेवा आयोग बागमतिबाट सिफारिस भई प्राबिधिक सहायक शिक्षा दिनेश बहादुर बम सरुवा भई आएका छन।
बिहिबार सुनापति गाउँपालिकामा एक कार्यक्रम आयोजना गरि स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरिएको हो।
बिदाईको क्रमम कलम राज श्रेष्ठले करिब १७ महिना सुनापति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे रूपमा कार्यरत रहदा आफुलाई मार्ग निर्देशन गरी कार्यालयकाे काममा साथ,सहयाेग र माया गर्ने पालिकाकाे अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्षहरू लगायत सम्पूर्ण जनप्रतिनिधीहरू,पालिकाकाे सम्पूर्ण कर्मचारीहर,शिक्षकहरू,सुरक्षाकर्मीहरू,समाजसेवीहरू,पत्रकारहरू,राजनीतिक दलहरू र सम्पूर्ण सुनापतिवासीहरू प्रति हार्दिक आभार प्रकट गरेका थिए।आफ्नो कार्यअवधिमा आफुप्रति देखाएका अपार माया, प्रेम, सदभाव तथा समन्वय प्रति म आजन्म ऋणी रहेको र समयले साथ दिएमा पुन आफ्नाे जन्मभूमीकाे सेवा गर्ने बताए । साथै अबको आफ्नो कार्यक्षेत्र श्रम तथा राेजगार मन्त्रालयमा रहेकाे जानकारी गराए।
त्यसैगरी सुनापति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका बिष्णु प्रसाद सुबेदीले आफ्नो कार्यकाल भरि सुनापति गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्षहरू लगायत सम्पूर्ण जनप्रतिनिधीहरू,पालिकाकाे सम्पूर्ण कर्मचारीहर, शिक्षकहरू, सुरक्षाकर्मीहरू, समाजसेवीहरू,पत्रकारहरू, राजनीतिक दलहरू र सम्पूर्ण सुनापतिवासीहरूसँगै सहकार्य गरि कार्य गर्न आफु तयार भएर आएको बताए।आफ्नो कार्यकालमा सुनापतिवासीलाई सेवा दिनको लागि आफु हरदम तयार रहेको बताए।
सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ,उपाध्यक्ष गीता बिष्ट चौलागाईंले बिदाई हुनेलाई सफल भविष्यको कामना गर्दै नव आगन्तुकलाई स्वागत गर्दै सँगै हातेमालो गरि सुनापति गाउँपालिका विकासकोलागि निरन्तरता दिने बताए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतकाे रूपमा कार्यरत कलम राज श्रेष्ठ, स्वास्थ्य संयोजक अर्जुन श्रेष्ठलाई बिदाई तथा सुनापति गाउँपालिकामा सरुवा भई आएका सुनापति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बिष्णु प्रसाद सुबेदी,सी.अ. हे.ब मा चिनी माया बल र प्रदेश लोक सेवा आयोग बागमतिबाट सिफारिस भई प्राबिधिक सहायक शिक्षा दिनेश बहादुर बमलाई सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ,उपाध्यक्ष गीता बिष्ट चौलागाईं, वडा अध्यक्षहरु, कर्मचारीहरुले खादा माला र मायाको चिनो प्रदान गरेका थिए।