पुष ३० शनिवार २०७९ काठमाण्डौ- दुवै मृगौलाले काम गर्न छाडेपछि रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका-२ की १६ वर्षीया अनिता बस्नेत हाल त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गराइरहेकी छिन। उनको उपचारको लागि आर्थिक अभाव भएपछी परिवारले आर्थिक सहयोगको लागि अपिल गरेका छन।
कक्षा १० मा पढिरहेकी अनितालाई उपचारमा सहयोगका लागि किशोरीका हजुरबुबा शमसेरबहादुर बस्नेतले आग्रह गरे।
सहयोग गर्न चाहनेका लागि सनराइज बैंकमा रहेको देउता बस्नेत/ढालबहादुर बस्नेतको संयुक्त खाता नम्बर ११३०८६२३४०२०५००१ दिइएको छ। त्यस्तै आवश्यक केही बुझ्नुपरे ९८६३५८९२५० नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।