१ माघ २०७९ आईतबार काठमाण्डौ- काठमाण्डौबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।
काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।
जहाज पाइलट कमल केसीले उडाएका थिए।
यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।
दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन।