१९ फाल्गुण शुक्रवार २०७९ भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन।
सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन।
लामो समय देखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको पाइएको छ।
एक लाखको ८ हजार मासिक देखि १५ हजार सम्म व्याज मिटरव्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन।
करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ। आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको ऋणले उनलाई मृत्युको बाटोमा पुञ्याएको आफन्तले बताएका छन।
तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन। उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ। साना साना तीन सन्तान रहेका तिमिल्सिनाको मृत्यु पछि अव ऋण दिने मिटरव्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ।