काठमाडौँ – थप १० जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ पुरुष गरी थप १० जना संक्रमितको मृत्युको हो।
पछिल्लो २४ घण्टामा झापाका २ पुरुष, सुनसरीका ३ पुरुष, काठमाडौँका १ पुरष र १ वृद्धा, ललितपुरका एक वृद्ध र रुपन्देहीका २ पुरुषको मृत्यु भएको हो।
यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ६ सय पुगेको छ।