काठमाडौं– थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जना जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं मात्रै १ हजार १ सय १६ जनामा कोरोना संक्रमण पाइएको छ। त्यस्तै, ललितपुरमा १ सय ६३ जना र भक्तपुरमा १ सय ३० जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् । आज २७ हजार ५७ केस सक्रिय छ ।