काठमाडौँ – थप १४जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ जना महिला र १२ पुरुष गरी थप १४ जना संक्रमितको मृत्यु भएको हो।
पछिल्लो २४ घण्टामा सुनसरीका १ पुरुष, मोरङका १ पुरुष र एक वृद्ध, सर्लाहीका १ बृद्ध, काठमाडौँकी १ वृद्धा, १ पुरुष र १ वृद्ध, ललितपुरका २ पुरुष, भक्तपुरका १ वृद्ध, मकवानपुरका १ वृद्ध, धादिङ्गकी १ महिला, नवलपरासीका १ पुरुष र रुपन्देहीका १ पुरुष को मृत्यु भएको हो।
यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ६ सय १४ पुगेको छ।