Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home विचार

“मानवीयता,समानता र जातीय भेदभाव एवं मुक्तिकोलागि अब बलिदान गर्ने समय आएन र??”

''अब बलिदान गर्ने समय आएन र??"

सुनाैलाे पाना  सुनाैलाे पाना
जेष्ठ १६, २०७७
in विचार
0
“मानवीयता,समानता र जातीय भेदभाव एवं मुक्तिकोलागि अब बलिदान गर्ने समय आएन र??”
180
SHARES
Share on FacebookShare on Twitter

“मानवीयता,समानता र जातीय भेदभाव एवं मुक्तिकोलागि अब बलिदान गर्ने समय आएन र??”

-रोहित सुनार

आज सिङ्गो समुदायसंगै म पनि स्तब्ध भएको छु। के गरु ? कसलाई के भनौं ? मेरो यो कुन समाजमा जन्म भएछ ? समयको युगान्तकारी परिवर्तनसंगै लाखौं योद्धाहरुको योगदान र बलिदान पश्चात प्राप्त भएको राज्य ब्यबस्थामा जाति र वर्ग अनुसारको फरक-फरक कानुनी ब्यवस्था र संविधानको जन्म भएको हो र? यी र यस्तै थुप्रै प्रश्नहरु मात्र मन,मस्तिष्कमा खेल्ने र उठ्ने गर्छन। मनमा उब्जेका बिचार एवं भावनाले आत्मालाई पिरोलिरहदा,घच्घचाई रहदा,भावनाका छालहरु समुन्द्रमा उठ्ने ज्वारभाटाझैँ हृदयमा आगोका झिल्काहरु उठेको छन बलेका र तिनले भत्भती पोलिरहेका छन।तर,म नि:शब्द नै छु,कसरी व्यक्त गरु यी मनका छालहरु? आज हृदय संगीनको चुच्चोले घोचेको भन्दा बढी यो कहालीलाग्दो घटनाको तीरले छियाछिया,टुक्राटुक्रा पर्नेगरी घोचेको घोचैछ।आत्माले पटक पटक एउटै कुरा भनिरहेको र सोधिरहेको छ,हाम्रो देशको सरकार कहाँ र के गर्दैछ? देशको कानुनी ब्यबस्था र लागु भएका नजीरले के भाषा बोल्दैछन ?त्यहीँ जवाफको प्रतीक्षामा छु, त्यो जवाफ नपाउदासम्म मेरो अन्तरआत्मा एवं हृदयले आत्मा शान्ति कदापि पाउने छैन।यो मेरो मात्र नभएर सिङ्गो समुदायको आत्मा एवं भावनालाई खुशी,शान्ति त बेग्लै कुरा भयो सान्त्वना सम्म मिल्ने छैन। आत्मा संतुष्टीकोलागी केही हदसम्म भएपनि यस हृदय विदारक क्षणमा आफुलाई सम्यमित राखी केहि भावनाहरु पोख्ने र राख्ने प्रयास गरेको छु जे जस्तो भएतापनि स्वीकारी दिनुहुनेछ भन्ने आशा राखी यहाँहरुको अनुमति अनुसार मेरो भावना, अभिव्यक्ति र विचारका पाइलाहरु यसरी अघि बढने जमर्को गर्छन। आखिर के का लागी र किन यस्तो ? कहिले सम्म यस्ता थिचोमिचो,दमन र अत्याचार हामीले सहिरहने ? अब त अतिनै भयो।धैर्य, शहनशिलता र सीमाको हद नाघीसक्यो होइन र ? हामी मुक्ति चहान्छौ,स्वतन्त्र र सम्मानपुर्बक बाच्न चहान्छौ। त्यसकोलागी छातीमा हात राखी हाम्रो सिङ्गो समुदाय मृत्युवरण गर्न सम्म तयार छ,के जातीय भेदभाव विरुद्धको लागि अब बलिदान गर्ने समय आएन र ? यो हाम्रो शरीर जैविक तत्व र प्राकृतिक संरचना वा स्वरुपबाट निर्मित जसलाई हामी ईश्वरीय देन,दैबको लिला साथै भगवानको रूपमा लिने गर्छौ त्यति मात्र नभएर यो भौतिक स्वरुप वा शरीर एउटा मुर्दा हो, जसलाई एउटा ठोस बस्तु वा आकारको रूपमा लिन सकिन्छ।”यदि त्यहाँ आत्मा हुदैन थियोे भने” त्यसमा पनि यो प्राकृतिले प्रा‍णीको दर्जा छुट्याएको /वर्गीकरण गरेको छ। यस पृथ्वी हरेक प्रा‍णीको साझ घर हो।यहाँ सबै प्रा‍णीलाई आफ्नो जीवनचक्र निर्वाह वा पूरा गर्नको लागी सबैले आ-आफ्नो अधिनमा रहनुपर्ने हुन्छ,अस्तित्वनै गुम्ने र आफुलाई प्रकृतिसँग सामायोजनयोग्य बानाउनकोलागी प्रकृतिको एउटा छुट्टै आचरण र नियम छ। त्यसमा सबै नियमबद्ध हुनुको अरु विकल्प छैन, किनकि प्रकृतिको नियम र अधिन भन्दा फरक एवं भिन्न तरिकाले कुनै प्रा‍णीले आफ्नो जीवन निर्वाह गर्न सक्दैनन।

मैले यसो भनिरहादा प्रकृति नै सबैभन्दा ठुलो र महान एवं शक्तिशाली यस अर्थमा भन्न खोजेको होकि,प्रकृति पनि आफ्नै नियम र सीमामा छ जुन आफ्नै नियममा कट्टीबद्ब भएर रहिरहेको छ। यो ब्रह्मामाण्ड आफ्नै बसमा सदियौ देखी चलिरहेको छ, यदि प्रकृतिले पनि आफ्नो बस र परिधीभन्दा बाहिर वा भनौ नियम तोडी छुट्टै तरिकाले चलेको भए यो सृष्टिको महिमा आपरम्पार र विशाल हुदैन थियो होला। हामी मनुष्य जाति भगवानको सृष्टिकर्ता हाम्रा हृदय,मन र आत्मामा ईश्वरीय शक्ति भएकै कारणले आज हामी अन्य प्रा‍णी भन्दा मानव जातिको रूपमा यस पृथ्वीमा राज गरेका छौ।मनुष्य जातिको क्रमविकास हुँदै गर्दा र त्यो समयमा विभिन्न खाले वाधाअड्चन,आपतविपत,विविध खाले दु:ख कष्ट,आरोअबरोहहरु र प्रतिकुल परिस्थिति सुरुको उत्पति कालखण्डदेखि प्राचीन ढुंगे युगहुदै मनुष्य जातिको विविध खाले गतिविधि,व्यबहार एवं आचारणमा समयको बदलिँदो परिस्थिति अनुसार त्यसमा केही झिनामसिना फेरबदल भएतापनी त्यो बेला र कालखण्डमा केही सम्म भएपनि ठिकै हो भन्नेनै हो। किनकि त्यो समय अहिलेको समय जस्तो थिएन त्यो चरणमा सबैमा मानव सभ्यता र आचरणको विकास भन्ने कुरा सुरुवात नै त्यसरी हुन सकेको थिएन यसमा हामी सबैले मोटामोटी रूपमा अड्कल लगाउन सक्छौं। म यसको भित्री गहिराईमा जान चाहिन र यति मात्र थोरै प्रसङ्गमा नै टुंग्याउने निर्णय गरे। तर,वर्तमान समय त्यतिमात्र नभएर २१औं शताब्दीको समयमा आएर मनुष्य जाति क्रमविकासको पुर्ण विक्क्षित प्रा‍णीको रुपमा विकास भइसकेको अवस्था र मानिसले आफुलाई अन्य प्रा‍णी भन्दा बौद्धिक एवं सर्वश्रेष्ठ प्रा‍णीको रुपमा स्थापित गरिसकेको छ। तर बिडम्बना हामी मानिस जाति समयले हामीलाई सब्य र अनुशासित बनाउन खोज्दा र बनाइ रहदा पनि हामिले एक अर्को ब्यक्ति,सामाज र जाति प्रति गर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा यकदमै फरक र भिन्न खालको क्रियाकलाप र व्यबहारमा हामि कहिल्यै बद्लिन सकेनौं, या भनौं हामीले हाम्रो मनसिकता, सोच र समाजलाई कहिल्यै पनि सकारात्मक सोचबाट परिवर्तन गर्न नचाएकै पराकाष्ठाको रुपमा सामाजमा दिन प्रतिदिन हिंस्रक मनोवृत्तिमय धारणा राखी अप्रिय,कहालीलाग्दा, अतिनै दुखित र भाव्विवल बनाउने खालका साङ्घातिक आक्रमणहरु कहिले महिला तथा बालबालिकामाथी बलात्कार होस, कहिले जातीय भेदभाव तथा छुवाछुत जस्ता अमानवीय एवं जघन्य अपराधमा यस्ता तुच्छ,नीज,घृणित र निन्दनीय कुकार्यहरु घटीनै रहेका छन।के वास्तवमा सबै ब्यक्ति,जातजाति एउटै मानव समुदायमा पर्ने प्रा‍णी होइन र ? के जातकै आधारमा यहाँ कोहि मानव र अन्य जाती मानवको सङ्घ्यामा नपर्ने हुन्छ र ? यसको अवाफ कसले दिने र कहिले हाम्रो समुदायले यी र यस्तै प्रश्नको जवाफ/उत्तर पाउने ? हामिले अब यी र यस्तै प्रश्नको जवाफ खोज्न र पाउनु पर्छ। यदि अहिलेको समयमा आएरपनि हामिले यस्ता यावत बिषयमा चुप लागेर बस्यौं भने यो जातीय आन्दोलन एवं मुक्तिको युद्ध कहिले पनि समाप्त भएर जादैन, त्यसकारण हामिले अब यस्ता बिषयहरुमा खरो रूपमा उत्रिनु,बोल्नु र बुलन्द रूपमा आवज उठाउनुपर्छ। हामी सदियौदेखी थिचोमिचो,दमन र अत्याचार सहदै आयौ अब सहनु कदपी हुँदैन।अब हाम्रो सिङ्गो समुदाय के चहान्छ? हामी के चहान्छौ ? भनी प्रश्न सोध्ने र त्यसको जवाफ खोज्ने बेला आएको छ।हो,हामी चहान्छौ “मुक्ति” जातीय स्वतन्त्रता, सद्भभाव, मानवीय व्यबहार, हाम्रो स्वाभिमान र पहिचान यी सबैको प्रतिनिधित्व गर्ने जवाफ हो “वर्गीय स्वतन्त्रता र जातीय मुक्ति”। यो प्राप्त गर्नको लागि अब सिङ्गो समुदाय एकजुट हुन आवश्यक छ। हामी कसैको मिठो आश्वासन र बोलीमा नअल्मलीएर आफ्नो जातीय स्वाभिमान पहिचानको लागि जीउ ज्यानको बाजी राखी बलिदान दिन पनि तयार हुनुपर्छ। हामीले धेरै सहयौ,हाम्रो धैर्यता र सहनशीलतालाई बलियो हतियार बनाएर यी समाज कलंक र नरपिचासहरुले हामीलाई जिउंदै खान लागे। किनकि यी नाम मात्रका मानव रुपधारण गर्ने मनुवाहरु दानवीय स्वरूपमा देखा पर्न थाले जहाँ कि,यिनिहरुमा मानवता भन्ने कुरा देखिएन र सायद छैन पनि होला।अर्कोतिर हाम्रो देशको संविधान कागजी पानामा मात्रै सिमित भएका कारणले पनि दलित जातिको हक अधिकारको बारेमा जे जति विधिविधान बने पनि यिनीहरुमा संकीर्ण एवं तुच्छ सोच छकि,यस्ता त कानुन पहिला पनि बनेका नै हुन, बन्दै गर्छन के फरक पर्छ र हामीलाई भन्ने नै हो। यिनी नरपिचासहरु कहिले आफुमा सकारात्मक परिवर्तन ल्याउन, सोच र मानसिकता बदल्न खोज्दैनन र चहादैनन पनि,त्यसकारण अबको मुक्तिको बाटो भनेको किताबी पानामा भएको कानुनी ब्यबस्था कार्यान्वयनको पाटो कुरेर बस्ने होइन कि,परि आएको खण्डमा जातीय “मुक्ति”को लागी बलिदान दिन पनि तयार हुनुपर्छ। पश्चिमी रुकुम जहाँ मृतकहरुले मृत्युवरण गर्दै गर्दा कति यातना,पिडा सहदै छट्पटाई छट्पटाई देह त्याग गर्नुपर्‍यो,दोषीहरुलाइ फासीको सजाय बाट मात्र मृतकहरुको आत्माले शान्ति पाउने छ। हामिहरुको हृदय र शोकाकुल परिवारको आत्माले पनि त्यहीँ भन्छ। जसरी उनिहरुले एउटा जाति एवं समुदायको ब्यक्तिहरुलाई मानवको दर्जामा नै नराखी त्यसरी क्रूर, दानवरुपि तरिकाले निर्मम हत्या गरे, त्यसरी नै हामी सिङ्गो समुदाय बदलाको रूपमा डटिलड्नु पर्छ। जब सम्म सिङ्गो समुदायको “मुक्ति”को लागी सामुहिक बलिदान मार्फत रगत बग्ने छैन तब सम्म यो जातीय भेदभाव तथा छुवाछुत कहिले सम्म पनि अन्त्य भएर जानेवाला छैन। यो नेपाली समाजका केहि मान्छेहरु अतिनै संकीर्ण,नीज एवं तुच्छ सोच भएको कारणले होला यीनिहरुको मानसिकतामा कहिल्यै पनि सकारात्मक सोच ल्याउनै चाहेनन्। त्यसकारणले “न्यायप्राप्ति”र “जातीय मुक्त”को अरु विकल्पमा अब जातीय युद्ध भन्दा अरु कुनै माग र संघर्षशील कार्यक्रमबाट सम्भब देखिदैन।

तसर्थ, देशमा सबैलाई न्यायोचित र समान हुने खालको कानुन ल्याउन र भविष्यमा आउने पिढिले यस्ता खालका अप्रिय र कहालीलाग्दो घटनाहरु भोग्न र झेल्न नपरोस, उनीहरुपनि स्वतन्त्र भएर अन्य वर्ग तथा जाति सरह नै समान रूपमा जिउँन पाउन। जातीय भेदभाव र यस्ता अमानवीय व्यबहारबाट आगामी पुस्ताहरु त्यसको शिकार हुने र बन्ने छैनन, र त्यो वतावरण तय गर्नको लागी यो एकदमै राम्रो र उपयुक्त समय हो, यसमा हामि सिङ्गो समुदायले अठोट र प्रण गरौं जुन सार्थक र सम्भव छ। हेक्का रहोस समय र परिस्थितिले मागेको खण्डमा जातीय स्वतन्त्रता,पहिचान एवं मुक्तिको लागी ज्यानको आहुती दिन पनि तयार छु। साथै अबको समयमा हामी सबै तयारी अवस्थामा रहनकोलागी समेत सबै जाति तथा सिङ्गो समुदायलाई आवहान गर्दछु।

Previous Post

लिपुलेक मात्रै होईन ग्रेटर नेपाल फिर्ता गरिनुपर्छ, हतियार भएर पनि सरकार डरायो; फणिन्द्र नेपाल

Next Post

नवराजको प्रेमिका सुस्मा ठकुरी पहिलो पटक बोलीन्, “पहिले कुराकानी हुन्थ्यो फागुनदेखि मसंग कुरा भएको थिएन” !!!

सम्बन्धितपाेस्ट

प्रधानमन्त्रीलाई अभिनेत्री ऋचा शर्माको खुलापत्र, ‘भोलि मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’
मनाेरञ्जन

प्रधानमन्त्रीलाई अभिनेत्री ऋचा शर्माको खुलापत्र, ‘भोलि मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

अशोज २३, २०७७
Next Post
नवराजको प्रेमिका सुस्मा ठकुरी पहिलो पटक बोलीन्, “पहिले कुराकानी हुन्थ्यो फागुनदेखि मसंग कुरा भएको थिएन” !!!

नवराजको प्रेमिका सुस्मा ठकुरी पहिलो पटक बोलीन्, "पहिले कुराकानी हुन्थ्यो फागुनदेखि मसंग कुरा भएको थिएन" !!!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist