०५ मंसिर २०८१ बुधवार -रामेछाप- “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ यहि मंसिर १५, १६ र १७ गते रामेछाप जिल्ला सुनापति गाउँपालिकाको सुनापति खेलकुद विकास समितिद्वारा सुनापति गाउँपालिकामा “छैठौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१” आयोजना हुन गैरहेको छ। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स लगायतका खेल हुनेछन।
सुनापति खेल मैदानमा हुने उक्त प्रतियोगिताको प्रायोजन सुनापति गाउँपालिकाले गर्ने छ भने व्यवस्थापन सुनापति गाउँपालिका शिक्षा समितिले गर्ने छ।प्रतियोगितामा सुनापति गाँउपालिका भित्रका ९ वटा माविका छात्र र छात्रा गरि करिब ५०० खेलाडीहरु सहभागी हुने र बिद्यालय स्थरबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादनका निमित्त उक्त खेल आयोजना गरेको सुनापति खेलकुद विकास समितिका सचिव दिनेश नेपालीले जानकारी गराएका छन।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने बिद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड, मेडल, प्रमाण पत्र र नगद रु.२०,००० प्रदान गरिने समितिका सह-सचिव निरिमायाँ मोक्तानले बताएकी छिन। त्यसैगरी द्वित्तीय स्थान हासिल गर्ने बिद्यालयलाई ट्रफि,मेडल, प्रमाण पत्र र नगद रु.१५,०००।- र तृतीय स्थान हासिल गर्ने बिद्यालयलाई ट्रफि,मेडल प्रमाण पत्र र नगद रु.१०,०००।- प्रदान गरिने सह-सचिव निरमाया मोक्तानले बताएकी छिन।
प्रतियोगितामा खेलाडीहरुले पालना गर्नुपर्ने नियमहरु यस प्रकार छन।