Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home समाचार

कर्मचारी अभावले देशभरका सिंचाइ आयोजना प्रभावित

सुनाैलाे पाना  सुनाैलाे पाना
भदौ १३, २०७८
in समाचार
0
कर्मचारी अभावले देशभरका सिंचाइ आयोजना प्रभावित
170
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं :  राष्ट्रिय गौरवका ६ वटा आयोजना सहित देशभर संचालिन १ हजार बढी सिंचाइ आयोजना कर्मचारी अभावले प्रभावित भएको छ । जलस्रोत तथा सिंचाइ बिभाग अन्तर्गत रहेका २४ सय कर्मचारी मध्ये १८ सयभन्दा बढी कर्मचारी प्रदेश तथा स्थानीय तहमा समायोजन भएकोले आयोजनाको काम प्रभावित भएको हो ।

२०५६ सालदेखि जल उत्पन्न प्रकोप व्यबस्थापन सम्बन्धि काम सिंचाइ मन्त्रालय अन्तर्गत रहेको जल उत्पन्न प्रकोप ब्यबस्थापन बिभागबाट हुने गरेकोमा संघीय व्यवस्था लागु भएपछी उक्त बिभाग खारेज हुँदा जल उत्पन्न प्रकोप व्यबस्थापन सम्वन्धि काम पनि सिंचाइ बिभागले गर्दै आएको छ । जसअनुसार बस्ती संरक्षण, जोखिमयुक्त पहिरो नियन्त्रणका विभिन्न आयोजनाका साथै नदीहरुमा तटबन्ध निर्माण र आपतकालीन तथा बाढीपहिरो पुनर्निर्माण विशेष कार्यक्रम पनि संचालन गरिएको छ ।

सिमित जनशक्तीको भरमा यस्ता ठूला प्रकोप व्यवस्थापन र सिंचाइका आयोजनाहरु पुरा हुन नसक्ने विभागका कर्मचारीहरुको भनाइ छ । कर्मचारी अभावका कारण परेको समस्यालाई समाधान गर्न विभागले संगठन तथा व्यवस्थापन सर्वे गरी आवश्यक कार्यालय र जनशक्तीको विवरण तयार गर्दैछ । अनुभवी र दक्ष कर्मचारीहरुलाई पुनस् बिभाग अन्तर्गत फिर्ता गराउन सके सिंचाइ र प्रकोप व्यवस्थापनका ठूला आयोजनाहरु निर्माण र संचालनमा धेरै सहज हुने र कामको गती प्राप्त हुन सक्ने अवस्था छ तर कर्मचारी समायोजन ऐन २०७४ अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीले उही पदमा संघमा आउन सक्ने प्रावधान राखेको छैन ।

तसर्थ प्रदेश वा स्थानीय तहमा एक तह बढुवा नलिएको र संघीय कार्यालयमा खाली भएको अवस्थामा मात्र निजामती सेवा ऐन २०४९ को बिधीको आधारमा ती कर्मचारी बढुवा मार्फत मात्र संघमा फर्कन सक्ने अवस्था छ । ‘सिंचित कृषि क्षेत्रको अभिवृद्धि, संघीय नेपालको समृद्धि’ भन्ने नारा अघि सार्दै उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर हुन सिंचाइ विकासका कार्यक्रम संचालन गर्ने नीति लिएको भएपनि कर्मचारी अभावले कयौं आयोजना अपपत्र पर्ने खतरामा छन् ।

राप्ती नदीमा व्यारेज निर्माण गरी ४३ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा उपलब्ध गराउने उद्देश्यलेसिक्टा सिंचाइ आयोजना, कैलाली जिल्लाको ३८ हजार हेक्टरमा वर्षैभरी सिंचाइ सुविधा पुर्याउन रानी जमरा कुलरिया सिंचाइ आयोजना, बर्दिया जिल्लाको ३६ हेक्टरमा सिंचाइ सुविधा पुर्याई कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले बबई सिंचाइ आयोजनातथा बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमीनमा वर्षैभरी सिंचाइ पुर्याउन भेरी बबई डाइभर्सन आयोजना निर्माणको चरणमा छन् ।

यसका साथै करिव ४ सय ५० वटा मझौला सिंचाइ कार्यक्रम, नयाँ प्रविधिमा आधारित ४ सय बढी सिंचाइ आयोजनाहरु, समृद्ध तराई–मधेश सिंचाइ विशेष कार्यक्रमर सिंचाइ सम्बन्धी विशेष कार्यक्रमहरु पनि सञ्चालनमा छन् । साथै स्यालो तथा डिप ट्युववेल सिंचाइ आयोजना, भूमिगत जलसिंचाइको कार्यक्रम, जल उपभोक्ता समितिअन्तर्गत ५ हजार बढी आयोजना छन् । सिंचाइसँग सम्वन्धित अन्य कयौं बहुउद्देश्यीय आयोजनाहरु पनि संचालनमा छन् तर उक्त आयोजना सिमित कर्मचारीको भरमा संचालन गर्नुपर्दा अपेक्षाकृत प्रगति हुन सकेको छैन ।

नेपालको कुल सिंचित क्षेत्रमध्ये करिब एक तिहाई भू–भागमा मात्र वर्षै भरीसिंचाइ सुविधा पुगेको छ । कृषि योग्य क्षेत्रफल साढे २६ लाख हेक्टररहेकोमा कुल सिंचाइ योग्य जमीन करिव साढे १७ लाख हेक्टर मात्र छ । हालसम्म कुल १५ लाख हेक्टर जमीनमा सिंचाइ संरचनाहरु निर्माण भई सिंचाइ सुविधा पुगेको छ ।

Previous Post

अभिनेता खगेन्द्र लामिछानेलाई पुत्री लाभ

Next Post

अखिल क्रान्तिकारीको बानेश्वर क्याम्पस कमिटी नै बिद्रोह गरि नेकपा (एकीकृत समाजबादी) निकट अनेरास्ववियुमा प्रवेश

सम्बन्धितपाेस्ट

अवैध सरकारलाई समर्थन छैन : विप्लव
FEATURE

अवैध सरकारलाई समर्थन छैन : विप्लव

मंसिर २७, २०८२
“सुनापति आधारभूत अस्पताल” को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ
FEATURE

“सुनापति आधारभूत अस्पताल” को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ

मंसिर १७, २०८२
कृष्णप्रसाद सिटौलाले भने- ‘देउवाको विकल्प खोज्ने बेला भएको छैन’
FEATURE

कृष्णप्रसाद सिटौलाले भने- ‘देउवाको विकल्प खोज्ने बेला भएको छैन’

अशोज २५, २०८२
सेनाले भन्यो- शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ
FEATURE

सेनाले भन्यो- शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ

अशोज २५, २०८२
सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने
FEATURE

सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने

अशोज २५, २०८२
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल
FEATURE

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

अशोज २२, २०८२
Next Post
अखिल क्रान्तिकारीको बानेश्वर क्याम्पस कमिटी नै बिद्रोह गरि नेकपा (एकीकृत समाजबादी) निकट अनेरास्ववियुमा प्रवेश

अखिल क्रान्तिकारीको बानेश्वर क्याम्पस कमिटी नै बिद्रोह गरि नेकपा (एकीकृत समाजबादी) निकट अनेरास्ववियुमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist