काठमाडौं : बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा सलमान प्रहरीको भूमिकामा देखिएका छन् ।
एक्सन जनरामाको यस फिल्ममा आयुष शर्मा ग्याङस्टारको भुमिकामा देखिएका छन् । महेश मन्जरेकरले निर्देशन गरेको फिल्ममा सलमान खानको लगानी गरेका छन् । फिल्ममा सलमान खानसँगै आयुष शर्मा, जायसवाल र महिमा मकवाना मुख्य भूमिका रहेको छ ।
फिल्म २६ नोभेम्बरमा रिलिज हुँदैछ ।