रामेछाप– नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्ला कमिटि सचिवालय सदस्य यम बहादुर थापालाई पार्टीबाट निष्कासन गरिएको छ।पार्टीमा रहेको छोटो समयमानै अस्वाभाविक तरिकाले प्रस्तुत भई जिल्ला कमिटिको पहिलो बैठकमानै पदको बार्गेनिङ गरेपछि थापालाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरिएको हो।
नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि रामेछापले आईतबार एक प्रेस विज्ञप्ति जारि गर्दै उक्त निर्णय गरेको हो। रामेछाप जिल्ला कमिटिका सचिव लाल सिङ घिसिङले सुनौलो पानासँग कुराकानी गर्दै भने पार्टीको नीति, नियम, मर्यादा र आचरण भन्दा बाहिर रहेर आफ्नो व्यक्तिगत स्वार्थ, पदिय लोभ, नैतिकहीन,स्वच्छचारी र अहंकार भावना बोक्ने व्यक्तिहरुलाई पार्टीबाट बहिष्कार गर्नुको साथै त्यस्ता व्यक्तिहरुलाई नेकपा (एकीकृत समाजवादी) मा प्रवेश समेत रोक लगाउछौ।
नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालि कम्युनिष्ट आन्दोलनको रक्षा पुनर्गठन र रुपान्तरण गर्नको निम्ति मुलुकको स्वतन्त्रता र स्वाभिमान प्रति दृढ अडान र बैज्ञानिक समाजवादको दिशा अगाडी बढाउन पूर्ण प्रतिबद्दताकासाथ कदम चाल्नुको साथै नेपालि जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा र विकासका लागि दृढताकासाथ अगाडी बढ्ने र यहि दायित्व बोधका साथ कम्युनिष्ट आन्दोलन सक्रिय र प्रभावकारी ढंगबाट अगाडी बढाउने प्रतिबद्दता समेत सचिव घिसिङले सुनौलो पानालाई जानकारी गराए।
नेकपा (एकीकृत समाजवादी) को स्थापना नेपालको कम्युनिष्ट आन्दोलनलाई सहि ढंगले अगाडी बढाउनको निम्ति भएको र यसमा संगठित नेता कार्यकर्ताहरुको व्यवहार,आचरण र कार्यशैली त्यहि अनुसारको हुनुपर्नेमा समेत सचिव लाल सिङ घिसिङले जोड दिए।
नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्ला कमिटि सचिवालय सदस्य यम बहादुर थापालाई पार्टीबाट निष्कासन गर्दैगर्दा नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि रामेछापले निकालेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ।