काठमाडौँ – महालक्ष्मी नगरपालिका वडा न.९ को वडा अध्यक्ष पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नविन तण्डुकारले बेरोजगारीको समस्यालाई हटाउने प्रतिबद्दता जनाएका छन्। आफुले मत पाएर विजय भएमा आफुले विदेश पलयान हुने युवालाई रोजगारी दिएर स्वदेशमै रोक्ने उद्देश्य रहेको बताए।
उनले आफ्नो वडामा वडास्तरीय अस्पताल, वृद्धहरुको लागि बस्ने सार्वजनिक स्थानको व्यवस्थापन, युवाको लागि ६ वटा खुल्ला व्ययाम सेन्टर राख्ने, खेलकुदलाई प्राथमिकता दिने, स्वास्थ्य विमा कार्यक्रम आयोजना गर्ने लगायतको कुरामा प्रतिबद्दता व्यक्त गरेका छन्।
आफ्नो पार्टीबाट शिक्षा, स्वास्थ्य सेवा जस्ता आधारभुत आवश्यकतालाई पुरा गर्नेमा नगरवासीलाई विश्वस्त हुन आग्रह गरेका छन्। विगतका दिनमा पनि खानेपानी पु-याउन आफु लाग्दै आएको उनले बताए। बाँकी हेर्नुहोस भिडियोमा :-
&