काठमाडौं – सरकारले वैशाख २७ गते मंगलबार रातिदेखि ३ दिनका लागि मदिराजन्य पदार्थ विक्री विरतण तथा सेवनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै स्थानीय तह निर्वाचन निर्देशिका २०७३ दफा ७१ बमोजिम (मादक पदार्थ निषेध ) गर्ने व्यवस्था अनुसार सो को प्रभावकारी कार्यान्वयन गर्दै वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ विक्री विरतण तथा सेवनमा रोक लगाइएको जनाएको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षामा खलल नपुगोस भनेर वैशाख २७ गते मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि मदिराजन्य पदार्थ विक्री विरतण तथा सेवनमा रोक लगाइएको हो ।