रामेछाप । सुनापतिमा स्थानीय तहको चुनाव माओवादीले जितको खण्डमा विशेषगरी महिलाको हकहितका साथै शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको समस्यालाई समाधान गर्ने बताँउछिन् नेकपा माओेवादी केन्द्रबाट सुनापति गाँउपालिकाको उपाध्यक्ष पदको उम्मेदवार गीता बिष्ट चौलागाई ।
सोमबार सुनापतिको गुन्सिममा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै चौलागाईले महिलाको हकहितका साथै शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको समस्यालाई समाधान गर्ने बताएकी हुन् ।
उनले भनिन् ‘मैले पाँच वर्षको अवधिमा यहाँको समस्यालाई बुझेको छु । महिलाको हकहितका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, पिच सडक, रोजगारी लगायतका समस्याहरुलाई समाधान गर्ने विश्वास मैले लिएको छु । प्रत्येक घरमा खन्ने बितिक्कै धारा र खानेपानीको पूर्ण ग्यारेन्टी हामीले गर्नेछौं । त्यस्तै महिला लक्षित कार्यक्रमहरु अघि बढाउनेछौं ।’
त्यसका साथै सामाजकि सुरक्षा भत्ताको रुपमा वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरुले बैंकिङ प्रणालीका कारण धेरै समस्या भोगिरहेको चौलागाईको भनाइ छ ।
उनी भन्छिन् ‘सुनापति गाँउपालिकाका वृद्धवृद्धा तथा अपांगता भएका नागरिकहरुले सामाजकि सुरक्षा भत्ताको रकम झिक्न जाँदा बैंकिङ प्रणालीका कारण निकै समस्या भोगिरहेका छन् । त्यसको समाधानका लागि हामी बैंकसँग कोर्वोडिनेसन गरेर त्यस्ता नागरिकको घरमै गएर सामाजकि सुरक्षा भत्ता दिनेछौं ।’