नेकपा एमालेका नेता ज्ञान कुमार योन्जनले प्रतिनिधिले नेतृत्व गर्ने कर्मचारीहरुले चुस्त दुरुस्त भएर काम गरिदिए सुनापति गाउँपालिका बिकास हुने बताए।
पालिकाको ११ औं सभाको कार्यक्रममा २०८०को बजेट प्रस्तुत कार्यक्रममा बोल्दै उनले प्रतिनिधिले नेतृत्व गर्ने कर्मचारीहरुले बजेटको काम पारदर्शी ढंगले इमान्दारी पुर्वक हेरिदिए सु-सुचित हुने जनाए।
जनप्रतिनिधि,सबै दल र विकासमा काम गर्ने कर्मचारीहरु सबै मिलेर एकबद्द भएर विकासको निम्ति लाग्न पर्ने उनको भनाइ छ। प्रतिनिधिहरुले साथ मागेमा विकासका निम्ति साथ दिने उनले प्रतिबद्दता व्यक्त गरे।
उनले आएको बजेट कार्यक्रम सफल पार्न शुभकामना समेत व्यक्त गरेका छन्।