काठमाडौं : आइतबार थप ३ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ७७ जनामा गरिएको परिक्षणमा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणको कारण ६ जनाको मृत्यु भएको छ भने ६ सय ८० जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म ११ हजार २ सय ८४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।