काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका थप २४ वटा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो ।
उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको छ ।
यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा ओमिक्रोनका २७ वटा केस पुष्टि भएका छन् ।