- रामेछाप- एमालेबाट बिद्रोह गरेलगतै ”विश्व भरका श्रमिकहरु एक होऔँ” भन्ने नारालाई आत्मसाथ गर्दै देशैभर नेकपा (एकिकृत समाजवादी) पार्टी आफ्नो संगठन गठन कार्यलाई तिब्रता दिदै आईरहेको छ। यो क्रमले रामेछाप जिल्लामा पनि निरन्तरता पाएको छ। नेकपा (एकिकृत समाजवादी) ले रामेछापको विभिन्न नगर तथा गाउँपालिकामा आफ्नो संगठन, कमिटि गठन तथा जनताको घर दैलोमा गई जनताको भावना,दुख,मर्मलाई बुझ्ने कार्यलाई तिब्रता दिई राखेको छ। यसको साथै रामेछापको भौगोलिक बिकास निर्मण र जनताको जीवनस्तर कसरि उकास्न सकिन्छ भन्ने सोच विचारकासाथ जिल्ला,प्रदेश र पार्टी र केन्द्रिय नेतृत्वकर्ताहरुसँगको छलफललाई पनि नेकपा (एकिकृत समाजवादी) पार्टी रामेछाप जिल्लाका नेतृत्वकर्ताहरुले तिब्रता दिई राखेका छन।
यसै क्रममा नेकपा (एकिकृत समाजवादी) खाडादेवि गाँउपालीका वडा न १ राकाथुमको आयोजनामा २०७८ पौष २४ गते शनिवार नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को प्रथम भेला कार्यक्रम भव्य रुपमा हुन गईरहेको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा (एकिकृत समाजवादी) पोलिटब्युरो सदस्य तथा नेपाल सरकारका स्वास्थ्य राज्य मन्त्रि भवानी खापुङको उपस्थिति रहने भएको छ भने विशेष अतिथिको रुपमा नेकपा (एकिकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला ईञ्चार्ज देव शंकर पौडेलको उपस्थिति रहने भएको छ साथै कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) पार्टी रामेछाप जिल्लाको सह ईञ्चार्ज होम बुढाथोकी, रामेछाप जिल्ला कमिटिका अध्यक्ष तथा मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतअतिथिको रुपमा उपस्थित हुने भएका छन। साथमा राष्ट्रिय कलाकारहरु भिमसेन खतिवडा र सारदा रसाईलिको विशेष साङगीत प्रस्तुती समेत रहने भएको छ।
आफुहरु निरन्तर जनताको घर आगन र रामेछापको टोलटोल बस्तिबस्तीमा पुगी जनतालाई जागरुग गरीरहेको र यस्ता खालको कार्यक्रमलाई निरन्तरता दिई राख्ने समेत नेकपा (एकिकृत समाजवादी) पार्टी रामेछाप जिल्लाको सह ईञ्चार्ज होम बुढाथोकीले सुनौलोपानालाई जानकारी गराए साथै कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडी बढाउन आफुहरु लागिपरेको बताउदै २०७८ पुष २४ गते हुन गईरहेको कार्यक्रममा सहभागी जनाउनकोलागि आम आगरिकहरुलाई अपिल गरेका छन।