काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८७४ जनामा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ ।
यससँगै देशभर कोरोना संक्रमितको सक्रिय संख्या १ सय ४९ पुगेको छ ।