Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापको सुनापति महादेव मन्दिरमा जनै पुर्णिमाको दिन बिशेष मेला,पालिका अध्यक्षदेखि समाजसेवी,स्थानीयको यस्तो भनाई

सुनाैलाे पाना  सुनाैलाे पाना
साउन २८, २०७९
in FEATURE, समाचार
0
रामेछापको सुनापति महादेव मन्दिरमा जनै पुर्णिमाको दिन बिशेष मेला,पालिका अध्यक्षदेखि समाजसेवी,स्थानीयको यस्तो भनाई
165
SHARES
Share on FacebookShare on Twitter

२०७९ साउन २७ सुनापति- रामेछापको सुनापति गाउँपालिकाको सुनापति महादेव मन्दिरमा शुक्रबार जनै पूर्णिमाको दिन मेला लागेको हो।अन्य दिन मानिसहरु सामान्य पुजा गर्ने तथा घुमघामकोलागि आउने गरेतापनि जनै पूर्णिमाको दिन भने बिशेष दिनको साथै मेला लाग्ने भएकोले भक्तजनहरुको बाक्लो उपस्थिति रहने गर्दछ।उक्त दिन मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले पुजाको सामग्रीकोसाथै नरिवल, हरियो मकैको घोगा, काक्रो,सुन्तला लगायत आफ्नो जमिनमा उत्पादित अन्य अन्न तथा फलफुलहरु समेत चढाउने गर्दछन।

सुनापति महादेव मन्दिरको पुजा गर्दा आफु र आफ्ना परिवारमा सुख शान्ति छाउनुकोसाथै आफुले मागेका कुराहरु पुरा हुने धार्मिक बिश्वास रहदै आएको छ।

सुनापति महादेवको मन्दिरको मूल द्वार मन्दिर नजिकैको पहरामा रहेको र त्यहाँ दर्शन गर्न भक्तजनहरुलाई कठिन हुने भएकोले हाल रहेको मन्दिरमा महादेवको शिला थापना गरि मन्दिर निर्माण गरि भक्तजनहरुलाई दर्शन गर्नकोलागी सहज बनाईएको हो।

उक्त दिन सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ,वडा न. ३ का वडा अध्यक्ष कुल बहादुर थिङ्ग,समाजसेवी तस्बिर लामा, सुनापति महादेव लहरेमाने संरक्षण समाजका अध्यक्ष फिरोज मोक्तान तामाङ(जेनिश),सचिव रोहित मोक्तान लगायतले सुनापति महादेव मन्दिर परिसरको स्थलगत निरीक्षण समेत गरेका थिए।सुनापति महादेवलाई कसरि पर्यटकीय गन्यब्यको रुपमा स्थापना गरि स्तर उन्नतिकोसाथै प्रवर्दन र विकास गर्न सकिन्छ भन्ने उद्देश्यले उक्त स्थलगत निरीक्षण गरिएको हो। गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सुनापति गाउँपालिका महाभारत पर्वतसंगै सुनापति डाँडाडाँडा र अग्लेश्वारी बराबरीमा रहेको र सुनापति धुपीको बोटहरु रहनुको साथै सुनापति महादेव रहेकोले पनि गाउँपालिकाको नाम पनि सुनापति राखिएको बताए।सुनापति महादेवको मन्दिरको संरक्षण प्रवर्दन र स्तर उन्नतिकोलागि आफु हरदम तयार रहेको बताए।सुनापति गाउँपालिकाको चिनारीको रुपमा यसलाई प्रचारप्रसार गरिनुको साथै आन्तरिक तथा वाइह्य पर्यटक भित्राउनकोलागि सुनापति महादेवको मन्दिरले महत्वपूर्ण भूमिका खेल्ने बताए।साथै मन्दिरको मूल द्वारसम्म गई भक्तजनहरुले दर्शन गर्न सक्ने व्यवस्थाकोलागि चाडैनै काम सुरु गर्ने समेत बताए।सुनापति महादेव मन्दिरकोसाथै लहरेमाने,चिया बगान,बुद्धको मुर्ति,मछिन्द्रनाथको मुर्ति लगायतले पनि सुनापतिलाई पर्यटकीय स्थल बनाउनमा थप भूमिका खेल्नेमा जोड दिए।त्यसैगरी वडा न. ३ का वडा अध्यक्ष कुल बहादुर थिङ्गले धार्मिक र पर्यटकीय गन्तव्यको स्थल बनाउनकोलागि वडाबाट गर्नुपर्ने पहल कदमी र कार्यकोलागि आफु तयार रहेको बताए।समाजसेवी तस्बिर लामाले भने सुनापति आफैमा पनि पर्यटकीय गन्तब्य स्थल भएको र यसमाथि पनि विभिन्न धार्मिक संरचनाहरुले सुनापतिको चिनारीकोलागि महत्वपुर्ण अर्थ राखेको बताए। सुनापति महादेव मन्दिरको मुख्य द्वारसम्म गएर भक्तजनहरुलाई दर्शन गर्नकोलागी चाडो भन्दा चाडो बिज्ञ टोलिलाई निरीक्षण गर्न लगाई कार्य सुरु गर्न गाउँपालिकालाई ध्यानाकर्षण गराएका छन।जसले गर्दा आन्तरिक तथा बाहिय पर्यटकलाई सुनापति महादेव मन्दिर दर्शन गर्न सहजता आउनेमा जोड दिए।सुनापति महादेव लहरेमाने संरक्षण समाजका अध्यक्ष फिरोज मोक्तान तामाङ (जेनिश) ले बिगतमा स्थानीय केहि व्यक्तिहरुको संरक्षणमा रहेको सुनापति महादेवको मन्दिर हाल भने संरक्षण समितिनै गठन गरेर कार्य गरिएको र संस्थाको राम्रो प्रवाभ परेको बताए यति मात्रै नभई मन्दिर संरक्षणकोलागि थप प्रभावकारी कार्य गरि मन्दिर दर्शन गर्न आउने भक्तजन लगाएत अन्य व्यक्तिहरुकोलागि सहजता प्रदान गर्नेमा जोड दिए। संस्थाका सचिव रोहित मोक्तानले भने गाउँपालिका सँग राम्रै सहकार्य गरि मन्दिरको रेखदेख तथा संरक्षण भैरहेको र आगामी दिनमा पालिका सँग थप सहकार्य गरि मन्दिर संरक्षणकोलागि महत्वपूर्ण कार्यहरु अगाडी बढाउने बताए।

त्यस्तै निरीक्षणमा सहभागी स्थानिय तेज मोक्तानले भने जनै पुर्णिमा जस्तो बिशेष अवसरमा सुनापति महादेव मन्दिर दर्शनकालागि बिशेष गरि हिन्दु,बौद र बोन धर्मका मानिसहरु आउने गरेको र झाक्रीहरु आई बिधि पुर्वक पुजा पाठ गर्ने गरेको बताए।जनै पुर्णिमाको बिशेष अवसरमा सुनापति महादेवको दर्शन गर्न आउनुकोसाथै विभिन्न ब्यापारीहरुले पसल, होटल राख्ने गर्दछन भने मेलामा गित गाएर नाचेर समेत मनोरंजन गर्ने गरिन्छ।

Previous Post

काठमाण्डौमा चिनियाँ नागरिक अपहरित, ६ जना पक्राउ

Next Post

रामेछाप सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. मा २ दिने बिशेष ओपिडी सेवा संचालन

सम्बन्धितपाेस्ट

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली
FEATURE

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली

कार्तिक १६, २०८२
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
FEATURE

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

कार्तिक १५, २०८२
प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने
FEATURE

प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने

कार्तिक १४, २०८२
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
FEATURE

नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

कार्तिक १४, २०८२
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना,पाइलटको उद्धार
FEATURE

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना,पाइलटको उद्धार

कार्तिक १२, २०८२
आज भाइटीका, उत्तम साइत ११:३९ बजे
FEATURE

आज भाइटीका, उत्तम साइत ११:३९ बजे

कार्तिक ६, २०८२
Next Post
रामेछाप सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. मा २ दिने बिशेष ओपिडी सेवा संचालन

रामेछाप सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. मा २ दिने बिशेष ओपिडी सेवा संचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली

कार्तिक १६, २०८२
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

कार्तिक १५, २०८२
प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने

प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने

कार्तिक १४, २०८२
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

कार्तिक १४, २०८२
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना,पाइलटको उद्धार

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना,पाइलटको उद्धार

कार्तिक १२, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    252 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist