काठमाडौं : नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको विमान दुर्घटना भएको छ ।
१४ यात्रु बोकेर हुम्लाको सिमकोटका लागि उड्नै लाग्दा सीता एयरको विमान बँदेलसँग ठोकिएर दुर्घटना भएको हो । बँदेलसँग ठोक्किए लगत्तै विमान उडान केहीबेरको लागि बन्द गरिएको थियो ।
जहाजले १४ यात्रु र कार्गो बोकेको थियो भने दुर्घटनामा मानवीय क्षति नभएको बताइएको छ ।