०९ चैत्र २०७८ रामेछाप- रामेछापको सुनापति गाउँपालिकामा आयोजित “तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८” सम्पन्न भएको छ। चैत्र ८ गते मंगलबार कार्यक्रमको समापन भएको हो।
सुनापति खेलकुद विकास समितिको अध्यक्ष गोबिन्द घिमिरेको सभाध्यक्षमा संचालन भएको कार्यक्रम समापन समारोहमा बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रि रत्न ढकाल प्रमुख अतिथिको रुपमा उपस्तिथी भएका थिए।त्यस्तै समापन समारोहमा सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा बिशेष अतिथिको रुपमा उपस्थित भएका थिए भने अतिथिहरुमा सुनापति गाउँपालिकाकि उपाध्यक्ष गीता बिष्ट, प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रेष्ठ,सुनापति गाउँपालिका वडा न. १ का वडा अध्यक्ष चन्देश्वर चौलागाईं, वडा न. २ का वडा अध्यक्ष कमल कुमार केसी, वडा न. ३ का वडा अध्यक्ष बाबुराम तामाङ,वडा न. ४ का वडा अध्यक्ष खड्ग घिसिङ,वडा न. ५ का वडा अध्यक्ष ठुलो कान्छा तामाङको उपस्थिति रहेको थियो।
समापन समारोहमा बोल्दै मन्त्रि ढकालले सुनापति गाउँपालिकालाई खेलकुद विकासकालागि कवड हल र व्यवस्थित खेल मैदान निर्माणकोलागि बजेट बिनियोजन गर्ने प्रतिबद्दता जनाएका छन।साथै खेल क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहित गर्नकोलागि आफुले सकेको सहयोग गर्ने समेत बताए।
सुनापती गाउँपालिका अन्तर्गतको सुनापती खेलकुद बिकास समितिद्वारा आयोजित जिल्लास्तरिय अन्तरपालिका “तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०ए७८” पुरुष भलिबल र महिला/पुरुष डबल ब्याटमिन्टनतर्फको खेलमा रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिकाले सहभागी जनाएका थिए। जस्मा ‘ पोल A’ बाट दोरम्बा गाउँपालिका,मन्थली नगरपालिका,रामेछाप नगरपालिका,गोकुलगङ्गा गाउँपालिका सहभागी भएका थिए त्यस्तै ‘पोल B’ बाट सुनापती गाउँपालिका,खाँडादेवी गाउँपालिका,उमाकुन्ड गाउँपालिका र लिखु तामाकोशी गाउँपालिका,मन्थली नगरपालिका सहभागी भएका थिए।
पोल A र पोल B को पहिलो लिग चरणबाट मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका र सुनापती गाउँपालिका र उमाकुन्ड गाउँपालिका नक आउट भएका थिए र सेमि फाइनल चरणबाट खाडादेबी गाउँपालिका र रामेछाप नगरपालिका बाहिरिए संगै पुरुष भलिबलतर्फ खेलको चौथो चैत्र ८ गते फाइनल चरणमा ‘पोल A’ बाट गोकुलगङ्गा गाउँपालिका र ‘ पोल B’ लिखु तामाकोशी गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो। लिखु तामकोशी गाउँपालिका र गोकुलगङ्गा गाउँपालिका बिचको खेलको पहिलो सेटमा (२८-२६),दोस्रो सेटमा (२२-२५)तेस्रो सेटमा (२२-२५) र चौथो सेटमा (२५-१५) गरि तीन सेट जितेर लिखु तामाकोशिले प्रथम उपाधी हात पारेको छ।त्यस्तै गोकुलगङ्गा गाउँपालिका दित्तीय स्थान र रामेछाप नगरपालिकाले तृतीय स्थानसँगै खाँडादेवी गाउँपालिकाले सान्त्वोना पुरस्कार हात पार्न सफल भएको हो।प्रथम स्थान हासिल गर्ने लिखु तामाकोशिले २ लाख नगद पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गरेको छ।दित्तीय पुरस्कार गोकुलगङ्गा गाउँपालिकाले १ लाख नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ।
तृतीय पुरस्कार रामेछाप नगरपालिकाले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ।
त्यस्तै सान्त्वोना पुरस्कार २५ हजार नगद खाँडादेवी गाउँपालिकाले प्राप्त गरेको हो।उक्त खेलमा भलिबल तर्फको फाइनल खेलमा सर्वत्कृष्ट खेलाडीमा अल्विन थापा मगर, उत्कृष्ट सेटर खेलाडीमा प्रेमध्वज तामाङ, उत्कृष्ट डिफेन्डर खेलाडीमा माइकल आले मगर, उत्कृष्ट सर्भरमा शेर बहादुर मगर,उत्कृष्ट प्रशिक्षकमा मनोज कुमार माझी छनोट भएका छन।
महिला तर्फको ब्याटमिन्टन फाइनल खेलमा दोरम्बा गाउँपालिकाले मन्थली नगरपालिकालाई सोझो सेटमा फराकिलो अन्तरले हराउँदै प्रथम उपाधी हात पारेको छ।त्यसैगरी पुरुषतर्फ ब्याटमिन्टन खेलमा मन्थली नगरपालिकाले एक सेट जितेको छन भने खाँडादेवी गाउँपालिकाले दुइ सेट जितेर प्रथम उपाधी हात पारेको छ। उत्त ब्याटमिन्टन खेलमा महिलामा संगीता तामाङ र पुरुषमा तेज बहादुर खत्री उत्कृष्ट खेलाडीको रुपमा छनोट भएका छन।