०६ चैत्र २०७८ रामेछाप-रामेछापको सुनापति गाउँपालिका वडा न. गुन्सिको धारापानीमा निर्माण भएको सामुदायिक स्वास्थ्य इकाई भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।गत चैत्र ४ गते शुक्रबारको दिन सुनापति गाउँपालिका वडा न. १ गुन्सिको धारापानीमा निर्माण भएको स्वास्थ्य इकाई भवनको प्राङ्गनमा उक्त कार्यक्रम सम्पन्न भएको हो।सुनापति गाउँपालिका वडा न.१ को वडा कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा वडा न,१गुन्सिका वडा अध्यक्ष चण्डेश्वर चौलागाईंको अध्यक्षता रहेको थियो भने कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकास मन्त्रि कुमारी मोक्तान प्रमुख आथित्य रहेको थियो। त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज चौलागाईं, सुनापति गाउँपालिका अध्यक्ष धावा लामाको बिशेष आथित्यता रहेको थियो।कार्यक्रममा अतिथिको रुपमा सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता बिष्ट चौलागाईं, नेकपा (एकीकृत समाजवादी ) का रामेछाप जिल्ला कमिटि सचिव लालसिङ घिसिङ, सुनापति गाउँपालिकाका पाँचै वटा वडाका वडाध्यक्षहरु लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।
भवन हस्तान्तरण कार्यक्रममा भवनको उद्घाटन गर्दै बोल्नेक्रमम मन्त्रि कुमारी मोक्तानले यस्ता खालको कार्यक्रममा उपस्थित हुन पाउदा आफु धेरै नै उत्साहित भएको र सहिदको बलिदानबाट देश परिवर्तनको बारेमा प्रश्न उठईरहादा, सहिदले के पाए ? सिन्दुर पुछिएका महिलाहरुले के पाए ? टुहुरा बच्चाहरुले के पाए भन्ने प्रश्न गरिरहदा सबै तिर बाट हस्तक्षेप भैरहेको अवस्थामा जन्युद्दले एकतन्त्रीय साशनको अन्त्य भई जनताको हक अधिकारको सुनिश्चित भएको र हरेक स्थानीय, दलित, कानुनि निकायमा महिलाहरुको अनिवार्य सहभागिता लागु गरेको बताउनुभयो। त्यस्तै भवन निर्माणको थप कार्यकोलागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो।त्यस्तै कार्यक्रमका बिशेष अतिथि युवराज चौलागाईंले सुनापतिमा नेकपा माओबादि केन्द्रको नेतृत्वबाट नै स्वास्थ्य इकाई भवन निर्माण लगायत अन्य बिकासका कार्यहरु भएको र अझै थप विकासका कार्यहरु गर्न बाकीं रहेको समेत बताउनुभयो।जनताले माओबादि पार्टीलाई रुचाएको र आगामी बैशाख ३० गतेको चुनावपछि पनि सुनापतिमा नेकपा माओबादि केन्द्र बाहेक अरुले जित हासिल गर्न नसक्ने ठोकुवा समेत गर्नु भयो।त्यस्तै आगामी चुनावमा सुनापतिमा नेकपा माओबादी केन्द्रलाई जिताउन स्थानीयहरु माझ अपिल गर्नुभयो।
कार्यक्रमकका बिशेष अतिथि सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले आफ्नो कार्यकालमा जनताको भाबना अनुरुपका कार्यहरु गर्न सफल भएको र जनताले आफुहरुलाई रुचाएको जिकिर गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गरेका सुनापति गाउँपालिका वडा न १ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाईंले आफ्नो कार्यकालमा आफुले प्रतिबद्दता गरेका कुराहरु पुरा गरेको र अझै बाकि कार्यहरु आफ्नै कार्यकाल रहिरहदाको अवस्थामा पुरा गर्नुको साथै कहिँ कतै गल्ति भए सच्चिएर अगाडी बढ्ने बताउनुभयो।त्यस्तै चुनावी माहोल आईरहदा आम जनसमुदायलाई आफुहरुले गरेको कामको मुल्यांकन गर्दै आगामी चुनावमा सहि नेतृत्वको छनोट गर्न समेत आग्रह गर्नुभयो।