काठमाडौँ – सुनापतिमा गाउँपालेकाको प्रत्येक घर-घरमा खानेपानी ल्याउने योजना रहेको सुनापति गाउँपालिका उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईले बताएकी छिन्। पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले अबको ५ वर्षको अवधिमा खानेपानी, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत अवश्यकतालाई प्राथमिकता दिएको उनले बताएकी हुन्।
पहिलाको ५ वर्ष हामीले भौतिक संरचनामा ध्यान दियौं। अब पालो मानवीय विकासको। अवको ५ वर्षको अवधिमा हामी शिक्षालाई गुणस्तरीय बनाउने, घर-घरमा पानीको धारा, महिलाहरुको लागि आर्थिक आयामको विकासको दिशामा अघि बढ्ने छौँ, ‘गाउँपालिकाका वासीलाई सम्बोधन गर्दै उनले भनिन्।
उनले गाउँ छाडेर शहरमा बसेका गाउँपालिकाका बासीलाई गाउँ विकासको निम्ति समय निकालेर गाउँमा पुगेर भोट हाल्न आग्रह समेत् गरेकी छिन् ।