काठमाडौँ – रामेछाप सुनापति गाउँपालिकाको बामपन्थी भूमी जोगाउन सबै मिलेर जानु आवश्यक रहेको नेकपा माओवादी केन्द्रतर्फका गाउँपालिकाका अध्यक्ष उम्मेदवार ठुलोकान्छा तामाङले बताए।
उनले चुनावी कार्यक्रममा बोल्दै गाउँपालिकाको बामपन्थी भूमी जोगाउन गाउँमा केन्द्रित भएर सबै मिलेर नेकपा माओवादी केन्द्रका पार्टीलाई जिताउन आवश्यक रहेको उनको मत छ।
चुनावको दिन नजिकिदै गएको समयमा कसैको चलखेल, पैसाको प्रलोभनमा नपरी अमूल्य भोट दिन उनले सम्पूर्ण गाउँपालिका बासीलाई आग्रह गरेका छन्। उनले भने, ‘सुनापतिको भविष्य, बामपन्थी र समृद्धको लागि आ-आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नपर्छ। यसलाई सोचेर सम्पूर्ण गाउँवासीहरु अभियानमा लाग्ने हो भने हाम्रो जित पक्का छ।’