काठमाडौँ – रामेछापको सुनापति गाउँपालिकाको हिलेदेवीको विकासको कार्यमा सधै नेकपा माओवादीको नेतृत्वमा हुँदै आएको नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका वडा न. ३ का उम्मेदवार कुल बहादुर थिङले बताए।
बिहिबार वडामा आयोजोत चुनावी सभामा आफ्नो मन्तब्य राख्दै उम्मेदवार थिङले [पहिला पनि माओवादीले विकास गरेको र अब पनि झनै शशक्त भएर विकासका निम्ति लाग्ने प्रतिबद्दता जनाए।
उनले विपक्ष पार्टीहरुले प्रलोभन देखाएको भन्ने सुनिएकोले त्यस्ता प्रलोभनको पछि नलाग्न सबैलाई आग्रह गरेका छन्। उनले भने, ‘हिलेदेविको विकासमा माओवादी बाहेक अरु विकल्प नरहेको र अरुले छरेको भ्रमको पछाडी नलाग्न र कुनैपनि प्रलोभनमा नपर्न आग्रह गर्दै आफुलाई जिताउन मत दिन आग्रह गर्दछु।’