रामेछाप । सुनापति गाँउपालिका वडा न.४ का वडा अध्यक्ष उम्मेदवार डण्डूप लामाले स्थानीय निर्वाचनमा माओवादीले जितेको खण्डमा यसअघि सरकारले गरेका अधुरा विकासका कामहरु पूरा गर्ने बताएका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सुनापतिको बेथानमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष उम्मेदवार डण्डूप लामाले माओवादीले जितेको खण्डमा सरकारले गरेका अधुरा कामहरु पूरा गर्ने बताएका हुन् ।
उम्मेदवार लामा भन्छन् ‘हाम्रो पार्टीले जित्यो भने सडक बिस्तार, खानेपानी, कृषि, बत्ती लगायतका सरकारले सुरु गरेका तर पूरा नभएका सबै अधुरा कामहरु पूरा गर्ने प्रतिबद्धता गर्दछु । सुनापतिमा माओवादीले जितेन भने हाम्रो इतिहास समाप्त हुनेवाला छ । त्यसैले निर्वाचनमा माओवादीले जित्यो भने के—कस्ता कामहरु गर्छ त भन्ने जिज्ञासा आम मानिसमा रहेको छ ।’
त्यस्तै अब बजेट निर्माण गर्दा बुद्धिजिवी तथा आम सरोकारवालाहरुलाई राखेर बजेट निर्माण गरिने लामाको भनाइ छ ।
उनले भने ‘बजेट बनाउदा बुद्धिजिवी, आम सरोकारवालाहरु शिक्षक, महिला, युवा—युवतीहरुसँगै हाम्रो पार्टी कमिटीका साथीहरुलाई राखेर बजेट निमार्ण गर्नेछौं ।’