रामेछाप । रामेछाप जिल्लाको सुनापतिमा स्थानीय निर्वाचनमा माओवादीको जित निश्चित भएको नेकपा माओवादी केन्द्रका सुनापति गाँउपालिका वडा न.१ का वडा अध्यक्ष उम्मेदवार चण्डेश्वर चैलागाईले दाबी गरेका छन् ।
उनले सुनापतिको गुन्सिमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सुनापतिमा माओवादीको जित निश्चित भएको दाबी गरेका हुन् ।
उनले भने ‘सुनापति गाँउपालिका वडा न.१ साचिकै माओवादीहरुको किल्ला हो । जनताको काम गर्ने प्रतिनिधिहरुको किल्ला हो । कुनै पनि तागतले हामीलाई रोक्न सक्दैन, त्यसैले हामी जित्छौं, हाम्रो जित निश्चित छ ।’
यससँगै अध्यक्ष उम्मेदवार चौलागाइले कसैसँग घुस लिएको प्रमाणित भएमा आफू फासीमा चड्न तयार भएको समेत बताए । उनी भन्छन् ‘एक रुपैँया कसैसँग घुस लिएको प्रमाणित गर्नुुुहोस, म झुण्डिएर फासीमा चढ्न तयार छु ।’
त्यस्तै चौलागाइले आफ्नो पार्टी निर्वाचनमा विजयी भएको खण्डमा ५ वर्षसम्म सुनापतिका बासिन्दाको उन्नती, प्रगती र असली भरिया भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।








