रामेछाप । अबको पाँच वर्षभित्र औधोगिक र शहरी सुनापतिको निर्माण गर्ने नेकपा माओवादीका केन्द्रिय सदस्य युवराज चौलागाईले बताए । सुनापति गाँउपालिकाले सुनापतिको हिलेदेवीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादीले चुनाव जितेपछि पाँच वर्षमा औधोगिक र शहरी सुनापतिको निर्माण गर्ने बताएका हुन् ।
चौलागाई भन्छन्, ‘सुनापतिमा माओवादीले चुनाव जित्ने निश्चित छ त्यसैले अबको पाँच वर्षभित्रमा औधोगिक र शहरी सुनापतिको निर्माण गर्नुका साथै जनप्रतिनिधिले गल्ति गरे कारवाही पनि गर्नेछौं ।’
त्यसका साथै सुनापति गाँउपालिकादेखि सबै वडासम्म पुग्ने पिच बाटो बनाउने समेत चौलागाईले बताए ।
उनले भने, ‘आगामी पाँच वर्षमा सुनापति गाँउपालिकाको केन्द्रदेखि सबै वडासम्म पुग्ने र सबै वडाको केन्द्रबाट मध्य पहाडी लोकमार्गसम्म सरर पिच बाटो बनाउने वातावरण हामीले निर्माण गर्नेछौं ।’