काठमाडौ – डाक्टर प्रिती भुषाल सहितको टोलीले आज विहान सगरमाथाको सफल आरोहण गरेको छ ।
आज बिहान आफ्नो टोलीले सगरमाथा आरोहण गरेको डा. भुषालले फेसबुक पेजमार्फत जानकारी दिएकी छन् । नेपाली महिला चिकित्सकले सगरमाथा आरोहण गरेको यो पहिलोपटक हो ।
कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहेका चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको डाक्टर भुषालले बताइन्। ।