बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेर फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका हरिसिंहको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।