पौष ३०,२०८२ बुधवार- नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रिय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताएका छन।
बुधवार भृकुटिमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन। उनले पार्टीलाई परिवर्तित समयअनुसार चलाएर अघि बढौँ भन्दा कारबाहीमा परिएको टिप्पणी समेत गरे। उनले पार्टीलाई हालको अवस्थाबाट माथि उठाउन जारी महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने दाबी समेत गरे।उनले आफूले पार्टीको कुनै पदाधिकारीमा पनि उम्मेदवारी नदिएको पनि उल्लेख गरे।
उनले भने, ‘केन्द्रिय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ। जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो। म साथीहरूसँग गफ गर्दै थिएँ। बदलिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ। एकजना साथीले फोन गरेर दाइ कारबाहीमा पर्नुभएछ भन्नुभयो। महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ।’
उहाँले देशभरका पार्टी कार्यकर्ताअनुसार बन्दसत्रबाट कार्यसमिति बनाएर निर्वाचन आयोगमा जाने उल्लेख गर्नुभयो।













