काठमाडौं – देशभर थप २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ। देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन्।