काठमाडौँ – सुनापाती गाउँपालिकामा चिया खेतीको पहिलो चरणको काम सकाएर दोस्रो चरणको कामको सुरुवात भएको छ। अहिले तयार भएको चियाँको बिरुवा रोप्नको लागि धामधम कृषकहरु खाल्डो खनिरहेका छन्।
सुनापाती गाउँपालिकाको चियाँ विकास योजना अन्तरर्गत करिब ८ महिना अघि इलामबाट चियाको बाला लगाइएको थियो। पहिला यहाका कृषकहरुले यसमा खासै चासो देखाएका थिएनन्। तर पछि चिया बिकास समितिले सम्झाएपछि एकजुट भएर यसको काम भएको छ।
गाउँपालिकाका चिया विकास समितिका संयोजक आले लामाले अब भने सुनापातीमा सुरु हुने चिया बगान पछि गएर मिनी कन्याम हुने विश्वास व्यक्त गरेका छन्। करिब ३०वर्ष अघि देखि बाँजो रहेको जग्गामा चिया बगानको थालनी गरिएको हो।
बाँकी हेर्नुहोस भिडियोमा :