रामेछाप – नेपाली कांग्रेसका युवा नेता निरोज खड्काको पहलमा लिखुतामाकोशी गाउँपालिकाका स्थानीयलाई खाद्यान्न सहयोग गरिएको छ। लिखुतामाकोशी गाउँपालिकाको सबै वडाका चार हजार दुई सय परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो। ताइवान स्थित अन्तर्राष्ट्रिय संस्था चुजी फाउन्डेसनको आर्थिक सहयोगमा प्रति परिवार २५ केजी चामल, १० केजी आँटा, १ केजी दाल, १ केजी चना, १ केजी चिनी, एक प्याकेट नुन, एक लिटर तेल र ४ वटा साबुन लगायतको राहत प्याकेज वितरण गरिएको हो। कोरोना भाईरसको दोस्रो लहर सुरु भएपछि आफ्नो दैनिकी चलाउन समस्या भएका परिवारलाई सहयोग गरेको युवा नेता निरोज खड्काले बताए।
चुजी फाउन्डेशनले गाउँपालिकाको केन्द्र धोबी बजारसम्म राहत ढुवानी गरेको थियो भने बजारबाट गाउँ–गाउँ पुर्याउन कांग्रेस जिल्ला सदस्य भोजराज खड्काले आफ्नो पाँच वटा ट्रक राहत वितरण अवाधीभर उपलब्ध गराएका थिए। खाद्यान्न सामाग्रीको साथमा कांग्रेस युवा नेता सुर्य श्रेष्ठले उपलब्ध गराएको २५ हजार थान मास्क र पारासिटामोल पनि संगसंगै वितरणबाट गरिएको थियो।

लिखुतामाकोशी गाउँपालिकाको नागरिकको समस्यालाई समधानको लागि सहयोगी ताइवानी संस्था चुजी फाउन्डेशनसँग समन्वय गराउन सहयोग गर्ने डा. सुमन कार्माचार्य र मुकुन्द विष्टलाई धन्यबाद दिदैँ मुख्य अभियान्त निरोज खड्काले पहिलो चरणमा छुट भएका करिव दुई हजार परिवारलाई दोस्रो चरणमा सहयोग गरिने प्रतिवद्धता जनाएका छन्।
गाउँमा हप्तौं दिन सम्म अनवरत खटेर राहत वितरण गर्ने स्वयंसेवीको रुपमा नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको कांग्रेसका युवा नेता निरोज खड्काको भनाई रहेको छ। करिब एक सयको संख्यामा रहेका काँग्रेसका स्थानीय युवा नेता कार्यकर्ताको स्वयंसेवी टोलीको सम्पुर्ण ब्यबस्थापन तथा परिचालन नेपाली कांग्रेस लिखुतामाकोशी गाउँपालिका सचीव दामोदर खड्का र उपसभापति हरिबहादुर खड्काले गरेका थिए । त्यस्तै पाँच नम्बर वडा सभापति रोम बहादुर तामाङ, कांग्रेस नेता टेकबहादुर तामाङ, अरुण खड्का, रामकृष्ण खत्री, तिर्थ तामाङ, कामसिं गोले, बिरबहादुर ब्लोन, चन्द्रकुमार तामाङ, मिलन घिसिङ, निर्मला परियार, पदम तामाङ, विरेन्द्र बोहरा, कमलप्रकाश सुनुवार, जनार्दन घिमिरे, गणेश बहादुर बोहरा, शंकर कार्की, बेदबहादुर कार्की, योगेश्वर तिमिल्सिना, त्रिविक्रम महत, सिंगबहादुर तामाङ लगायतका दर्जनौं स्वयंसेवकहरुले राहत वितरण्को लागि विभिन्न ठाँउको ब्यबस्थापन मिलाएका थिए ।














