रामेछाप- नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका सदस्य तथा हिलेदेवि ३ वडा निर्वाचित वडा सदस्य डेक बहादुर खड्कामाथि नेकपा एमालेका कार्यकर्ताद्वारा निर्घात कुटपिट भएको छ।
शनिबार साँझ चिया पसलमा चिया खाईरहेको अवस्थामा पार्टीगत छलफलको क्रममा नेकपा एमाले कार्यकर्ता मुकेश योञ्जन (डिक लामा) को नेतृत्वमा प्रायोजित ढंगबाट अपशब्द बोलि एक्कासी डेक बहादुर खड्काको पेटमा लात्तीले हानेको योङ्ग कम्युनिष्ट लिग (YCL) नेपाल सुनापति गाउँपालिकाका इन्चार्ज सुदिप के.सि. ले सुनौलो पानालाई जानकारी गराए। घाइते खड्काको बाहिरि चोटपटक नभए पनि पेटमा भने भित्रि असर परेकोले अहिले खड्कालाई उपचारको लागि काठमाण्डौ लगिएको छ। उनको थप स्वास्थ्य अवस्थाको भने जानकारी आईसकेको छैन।
यसै बिषयसँग सम्बन्धित रहेर गम्भीर आपत्ति जनाउदै योङ्ग कम्युनिष्ट लिग (YCL) नेपाल सुनापति गाउँपालिका समितिले एक बिज्ञप्ति जारि गरेको छ। बिज्ञप्तिमा जारि भए अनुसार नेपाल कम्युनिष्ट आन्दोलनको बिखण्डनकारी प्रतिगामी पार्टी नेकपा एमालेका अराजक कार्यकर्ताको नेतृत्वमा डेक बहादुर खड्कामाथि निर्घात कुटपिट भएको र यस्ता सुनियोजित गैर राजनीतिक हर्कत गर्ने ब्यक्तिहरुमाथि चाडो भन्दा चाडो कानुनि कारवाही गर्न माग गर्नुको साथै यदि यस्तो गम्भीर प्रकृतिको घटनाको बिषयमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण नभएमा योङ्ग कम्युनिष्ट लिग, नेपाल, सुनापति गाउँपालिकाले आवश्यक कारवाही गर्ने प्रतिबद्दता समेत जनाएको छ।
योङ्ग कम्युनिष्ट लिग, नेपाल,सुनापति गाउँपालिकाले जारि गरेको बिज्ञप्ति यस प्रकार रहेको छ।