रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रामेछापमा पार्टी प्रवेशको लहर बढेको छ। वडा तथा पालिका कमिटी गठनसँगै संघठन विस्तार र पार्टी प्रवेशको लहर बढेको हो।पार्टी कार्यालय मन्थलीमा भएको एक समारोहमा सुनापति गाउँपालिका वडा नं. ४ बेथानका कम्युनिष्ट बैचारिक व्यक्तित्व मोतिलाललामा, रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरका अनिल श्रेष्ठ, मन्थली नगरपालिका वडा नं. १२ गेलुका नरबहादुर बुढा (हरी), रोमबहादुर खत्री लगाएत रहेका छन। नेकपा एमालेबाट विद्रोह गरी भावि सामाजबादी आन्दोलनलाई मूर्त रुप दिई दक्षिणपन्थी अवसरबादबाट कम्युनिष्ट आन्दोलनलाई बचाउन पार्टी पंतिमा लामबद्ध भएको मोतिलाल लामाले बताए।
नेकपा एमालेबाट बिद्रोहगरि जनतासामु आएको नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछापका विभिन्न पदमा रहेका जिल्ला पार्टी प्रतिनिधिहरुले रामेछापको विभिन्न ठाउँमा पुगी वडा तथा पालिका कमिटी गठनसँगै संघठन विस्तार गर्दै आईरहेका छन। केहि समय अगाडी मात्रै रामेछापको सुनापति गाउँपालिकामा स्वास्थ्य मन्त्रि बिरोध खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको बृहत कार्यक्रममा वडा तथा गाउँपालिका कमिटी गठन गरिएको थियो भने उमाकुण्ड गाउँपालिका, खाँडादेबी गाउँपालिकामा समेत विभिन्न वडा कमिटी गठन गरिएको थियो।हालसम्म रामेछाप जिल्लामा नेकपा (एकीकृत समाजवादी) पार्टीले १ पालिका र २० वटा वडा कमिटि गठन गरिसकेको छ भने पार्टीले निरन्तर वडा तथा पालिका कमिटी गठन कार्यलाई तिब्र गतिमा अगाडी बढाई राखेको छ। चाडैनै रामेछाप जिल्लाको सम्पूर्ण वडा, गाउँपालिका र नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीको कमिटी गठन गर्ने र आफुहरु जस्तोसुकै परिस्थिति आईपरेपनि पछि नहट्ने नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला कमिटि सचिव लालसिङ घिसिङले सुनौलो पानालाई जानकारी गराए।