रामेछाप– नेकपा एमाले रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.९ को वडा कमिटीका सचिव सशक्त युवा नेता खाँडादेवी गाउपालिका वडा नं.९ वडा अध्यक्ष चिनिमाया तामाङकाे छाेरा राजकुमार लामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन।
उनले कम्युनिष्ट पार्टीकाे नाममा गरिएका भ्रष्टचारकाे जालाे, अन्याय र अत्याचारका अगाडी बामपन्थी आन्दाेलनलाई रामेछापमा सशक्त बनाउने उद्घाेष गरेका छन। उनलाई जिल्ला कमिटी उपसचिव किरण माेक्तानले ढाका टाेपी लगाएर, कलम चिन्ह प्रदान गरेर सम्मान गरेकी हुन। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पाेलिटव्युराे सदस्य एवं जिल्ला पार्टी ईञ्चार्ज देवशंकर पाैडेलले कलम चिन्ह प्रदान गरेका हुन।यतिबेला नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाका पार्टी प्रतिनिधिहरुले विभिन्न नगर तथा गाउँपालिकामा पुगी वडा तथा पालिका कमिटी गठनसँगै संघठन विस्तार गरिरहेका छन।
जनताको भावना अनुरुप जनताको जीवनशैली उकास्ने किसिमको कार्यहरु नभएको र अब जनताको घरघरमा गई उनीहरुको समस्यामा हातेमालो गर्दै अगाडी बढ्ने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रामेछाप जिल्ला कमिटिका उप-सचिव किरण मोक्तानले सुनौलो पानालाई जानकारी गराईन। अहिलेको अवस्थामा हामि थोरै भए पनि जनताको समस्यालाई आत्मासाथ गर्दै उनीहरुको हक हित र अधिकारको निम्ति लड्न सधै तयार रहेको र कम्युनिष्ट आन्दोलनलाई सहि दिशा तर्फ लगि निश्चित गन्तव्यसम्म पुर्याएरै छाड्नेमा आफुहरु लागि परेको समेत उप-सचिव मोक्तानले बताईन।