रामेछाप – मन्थली नगरपालिकाका नगरप्रमुख एवं नेपाल कम्युनिष्ट पार्टी( एकीकृत समाजवादी) रामेछाप जिल्ला अध्यक्ष रमेश कुमार बस्नेतले मन्थली नगरपालिका वडा नं. ४ सालु कविलाशकाे सिरान चाैतारामुनी रहेकाे नेपाली समुदायमा खाने पानीकाे धेरै अभाव रहेकाे हुँदा उपलब्ध सानाे स्राेतलाई सदुपयाेग गर्ने गरि खानेपानीको दुईवटा ट्याङ्की हस्तानतरण गरेका छन।९ घरधुरी रहेको उक्त दलित बस्तीमा विगतदेखिनै खानेपानीको धेरै समस्या हुदैँ आएको र पानि संचय गरि उपभोग गर्न कठिन भएको बस्तीका नागरिकहरुले बताएका छन। स्थानियहरुको समस्यालाई ध्यानमाराखी नगरप्रमुख रमेश कुमार बस्नेतले आईतबार दुईवटा ट्याङ्की हस्तानतरण गरेका हुन। खाने पानीकाे ट्याङ्की पाएपछि पानीको अभाव खेपिरहेका स्थानीयहरू खुशी भएका छन।
यस अघि कविलासकाे गुफा डाँडासम्म सडक जोड्ने कार्य, सामुदायिक भवन निर्माण कार्यकालागि आवश्यक सहयोग गर्नुकोसाथै जनताकाे घरघरमा गई समस्या बुझ्ने र समाधान खोज्ने प्रयास गर्दै आईरहेको र आगामी दिनमा पनि जनताको समस्या समाधान गर्नको निम्ति आफु सधै तत्पर रहेको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले सुनौलोपानालाई जानकारी गराए। जनताको समस्या समाधानकोलागि परि आए ज्यानै दिनछौ भनि कसम खाएर पद ग्रहण गरेको बताउदै जस्तोसुकै परिस्थिति आईपरेपनि जनताको समस्या समाधानकोलागि आफु पछि नहट्ने प्रतिबद्दता समेत मेयर बस्नेतले ब्यक्त गरेका छन।