हेटौडा- नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला ईञ्चार्ज देव शंकर पौडेल सहईञ्चार्ज होम बुढाथोकी लगायत अन्य कार्यकर्ता लगायतले बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेसँग बिशेष भेट गरेका छन।
भेटमा जिल्ला ईञ्चार्ज देव शंकर पौडेल लगायतले समग्र रामेछापको विकासको विषयमा छलफल गरेका थिए। रामेछापको जनताको स्तरउन्नतिको साथै विभिन्न पर्यटकीय स्थलहरुको विकास र प्रबर्दनमा समेत छलफल भएको जानकारी ईञ्चार्ज पौडेलले सुनौलोपानालाई गराए। रामेछापको विकासमा छुटेका कामहरुकोलागी सम्बोधन हुनुकोसाथै आवश्यक बजेट उपलब्ध गर्ने समेत मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रतिबद्दता दिएका छन। साथै रामेछापको भुगोललाई पक्षपात नगरी आगाडी बढ्ने समेत बताएका छन।
आफुहरुले राखेको छलफलको बिषयमा मुख्यमन्त्री पाण्डे सकारात्मक रहेको र समग्र रामेछाप जिल्लाको विकास र रामेछापवासीको हकहितकोलागि जोकोहीसँग पनि मिलेर आगाडी बढ्न आफुहरु तत्पर रहेको जिल्ला ईञ्चार्ज देव शंकर पौडेलले सुनौलोपानालाई बताएका छन।