२५,पुस काठमाण्डौ- नेकपा (एकीकृत समाजवादी) गोकुलगंगा-काठमाण्डौ सम्पर्क मन्चको भेला सम्पन्न भएको छ। शनिबार चक्रपथको अरिकल इभेन्टस एक कार्यक्रम आयोजना गरि उक्त भेला सम्पन्न गरिएको हो।उक्त कार्यक्रमको अध्यक्षता बागमती प्रदेश सम्पर्क कमिटी सदस्य लक्ष्मी खडकालेगरेकी थीइन भने सन्चालन रामेछाप-काठ्माण्डौ सम्पर्क मन्चका अध्यक्ष शुभाष चन्द्र खत्रीले गरेका थिए। नेकपा (एकीकृत समाजवादी)की पोलिट्ब्युरो सदस्य दिलु पन्त प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य बलराम खड्का,अम्बर तामाङ्ग,जिल्ला कमिटी सचिवालय सदस्य तथा गोकुलगंगा गाउंपालिका कमिटी अध्यक्ष चुडामणी घिमिरे, उपाध्यक्ष दल बहादुर खड्का, सचिव केबी कार्कीको साथै भक्तपुर जिल्ला कमिटी सदस्य झपट भण्डारीको पनि उपस्थिती रहेको थियो।
त्यस्तै सम्पर्क मन्चका प्रमुख सल्लाहकार रमेशबाबु श्रेष्ट, सल्लाहकार गेली शेर्पा, चुडा बहादुर खड्का, रामेछाप जिल्ला कमिटी सदस्य शंकर कार्की, लाक्पा शेर्पा, सम्पर्क मन्चका उपाध्यक्ष बिमल खड्का, सदस्यहरु रामकृष्ण थापा, बिमल लामा, कामी शेर्पा, आङ्ग दोर्जी लामा शेर्पा लगाएतको उपस्थिती रहेको उक्त भेलाबाट होम बहादुर तामाङको अध्यक्षतामा २५ सदस्सिय गाउँपालिका सम्पर्क मन्च कमिटी गठन भएको छ।