२०,माघ,हेटौडा– नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछापका नेता तथा कार्यकर्ताहरुले बागमती प्रदेशको मुख्य मन्त्रि राजेन्द्र पाण्डे र खानेपानी मन्त्रि बसन्त मानन्धरसँग भेट वार्ता गरेका छन।नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला ईञ्चार्ज देव शंकर पौडेल, पार्टी पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला सह-ईन्चार्ज होम बुढाथोकी, वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछाप जिल्ला कमिटिका सचिव लालसिङ घिसिङ,उपसचिव किरण मोक्तान, गणेशबाबु खड्का लगायत अन्य नेता कार्यकर्ताले रामेछाप जिल्लाको विकासकोलागी मुख्य मन्त्रि पाण्डे र खानेपानी मन्त्रि मानन्धरसँग भेट वार्ता गरेका हुन। भेटमा नेकपा(एस) का नेताहरुले मुख्य मन्त्रि पाण्डेसामु समग्र रामेछापको बिकास निर्माणको कुरा राखेको र आफ्नो तर्फबाट सकेको सहयोग गर्न आफु तत्पर रहनुको साथै खानेपानी मन्त्रि बसन्त मानन्धरसामु समग्र रामेछापको खानेपानीको समस्या राखी बृहत खानेपानीको माग गरेकोमा मन्त्रि मानन्धरले जतिसक्दो चाडो सम्बोधन हुने बिश्वास दिलाएको जानकारी नेकपा(एकीकृत समाजवादी)पार्टी रामेछाप जिल्ला सह-ईन्चार्ज होम बुढाथोकीले सुनौलोपानालाई गराए।समग्र भेटवार्तामा मन्त्रि द्वोय पाण्डे र मानन्धरको समग्र रामेछापको विकास र खानेपानीको समस्याको सवालमा गम्भीर ध्यानाकर्षण रहेको र परेको बखत आवश्यकता अनुरुप सहयोग गर्न आफुहरु सधै तत्पर रहेको सहईन्चार्ज बुढाथोकीले बताएका छन।